मिति : २०८१ फाल्गुन २०, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘आमा’ पछि दीपेन्द्रको ‘चिसो मान्छे’ र ‘लकडाउन’

फिल्मीखबर, काठमाडौं, 2020/07/30
 
कमर्शियल र आर्ट दुवै प्रकारका फिल्ममा आफूलाई प्रमाणित गरिसकेका दीपेन्द्र के. खनाल अहिले दुई फिल्मको तयारीमा छन् । गत वर्ष प्रदर्शनमा आएको व्यवसायिक र समीक्षात्मक दुवै रुपमा सफल फिल्म ‘आमा’ पछि नयाँ फिल्मका लागि लकडाउनको समयमा घरमै बसेर स्क्रिप्टमा लेखेका उनले बिहीवार चलचित्र विकास बोर्डमा दुई फिल्मका लागि निर्माण इजाजत लिएका छन् । 
 
दुई फिल्मको नाम ‘चिसो मान्छे’ र ‘लकडाउन’ राखिएको छ । निर्देशक खनालका अनुसार, दुवै फिल्म सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुनेछ । फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्नेछिन् । फिल्म ‘लभ लभ लभ’ देखि उनले निर्देशक खनालसँग व्यवसायिक सहकार्य गर्दै आइरहेकी छन् । ‘आमा’ को सफलतापछि उनलाई फिल्म निर्माणमा अझ रस पसेको छ । 
 
दुई फिल्ममध्ये पहिला ‘चिसो मान्छे’ निर्माण हुनेछ । लकडाउनमा निर्देशक खनालले यही फिल्मको स्क्रिप्टमा काम गरेका हुन् । उनका अनुसार, फिल्मको स्क्रिप्ट लगभग फाइनल भइसकेको छ । यो फिल्म निर्माण भएपछि उनी ‘लकडाउन’ को स्क्रिप्टमा बस्नेछन् । दुवै फिल्मका लागि कलाकार फाइनल नभएको उनको भनाई छ । बजारमा भने अभिनेत्रीमा सुरक्षा पन्त हुने चर्चा छ ।
 
दुई फिल्मको बारेमा निर्देशक खनाल भन्छन्, ‘लकडाउनमा आस मानिसले भोगेको समस्या लगभग एउटै हो । ‘लकडाउन’ मा यही विषय समेटिनेछ । ‘चिसो मान्छे’ मा भने अहिले मानिसहरु चिसो (स्वार्थी) भइरहेको विषयलाई प्रस्तुत गर्नेछौं । स्क्रिप्टमा निकै मेहेनत गरेको छु । राम्रो चीज निस्कनेमा विश्वस्त छु ।’ स्थिति सामान्य भएपछि फिल्मको छायांकन सुरु हुने उनको भनाई छ ।