मिति : २०८१ आश्विन २६, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लेहेंगामा खुलेकी एलिजा (फोटोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2021/01/25
अभिनेत्री एलिजा गौतम नेपाली फिल्म क्षेत्रमा आफ्नो पहिचान बनाउन संघर्ष गरिरहेकी छन् । बाल्यकालदेखिको अभिनेत्री बन्ने सपना पूरा गर्न पत्रकार ऋषि धमलासँग विवाह गरेपछि उनले घरकै लगानीमा फिल्म ‘अनुराग’ निर्माण गरिन्, तर सफलताको सुख प्राप्त गर्न सकिनन् । फिल्ममा उनको अभिनय पनि रुचाइएन । उनले फिल्ममा डेब्यू गर्न हतार गरेको भन्दै टिका टिप्पणी भए । 
 
 
‘अनुराग’ पछि उनले फेरि नयाँ फिल्म निर्माण गर्ने आँट गरिनन् । न त उनलाई बाहिरी ब्यानरले नै अभिनेत्रीको रुपमा लिने आँट गरे । लकडाउन अगाडिसम्म कामविहीन भएर बसेकी उनले दुई चरणको बन्दाबन्दीपछि पहिलो पटक म्यूजिक भिडियोमा काम गरिन् । उनले अभिनय गरेको पहिलो गीत ‘आधी कपाल’ ले यूट्युबमा उल्लेख्य भ्यूज पाएपछि अहिले उनको दिन फेरिएको छ । 
 
‘अनुराग’ मा उनको जोडी बन्न इन्कार गरेका पल शाहसँग समेत एलिजाले म्यूजिक भिडियोमा काम गरिसकेकी छन् । आकाश श्रेष्ठ, पुष्प खड्कासँग पनि म्यूजिक भिडियोमा उनको जोडी बाँधिसकेको छ । लकडाउन आफ्नो लागि लक्की सावित भएको बताउने उनले हालै नयाँ फिल्म ‘घिन्ताङ’ साइन गरेकी छन् । यसमा उनको जोडी अभिनेता गौरव पहारीसँग बाँधिएको छ ।
 
 
दुई सन्तानको आमा भएपछि फिल्ममा प्रवेश गरेकी उनले आफ्नो शरीरलाई फिट राख्न निकै मेहनत गर्ने गरेकी छन् । उनी पहिरनको मामालामा पनि सजग छिन् । अचेल उनी कुनै सार्वजनिक कार्यक्रममा जाँदा पहिरनका कारण सबैको केन्द्रविन्दू बन्ने गरेकी छन् । माघ १ गते श्वेता खड्काको रिसेप्सन पार्टीमा कालो रंगको लेहेंगामा पुग्दा सबैको नजर उनमा अडिएको थियो । 
 
आइतवार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको विवाह पार्टीमा पनि उनी आकर्षक पहिरनमा पुगेकी थिइन् । श्रीमान र छोरीको साथमा नव-विवाहित जोडीलाई बधाई दिन पुगेकी एलिजा आकाशे रंगको लेहेंगामा देखिएकी थिइन्, जसमा उनको सुन्दरता निकै खुलेको थियो । कुनै पनि पार्टीमा सहभागी हुनका लागि आफूलाई तयार हुन एक घन्टाभन्दा बढी लाग्ने उनको भनाई छ । 
 
 
 
तस्विर : विनोद पोखरेल