मिति : २०८१ आश्विन २६, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

यसै वर्ष बिहेको तयारीमा आकाश

फिल्मीखबर, काठमाडौं, 2021/02/21
 
फिल्म ‘म त तिम्रै हुँ’ बाट अभिनेताको रुपमा डेब्यू गरेका आकाश श्रेष्ठको फिल्म ‘रामकहानी’ पछि अभिनेत्री पूजा शर्मासँग नाम जोडिने गरेको छ । फिल्म र म्यूजिक भिडियोमा सहकार्य नटुट्नुले उनीहरु गहिरो प्रेममा रहेको चर्चालाई बल मिले पनि दुवैले यो कुरालाई स्वीकार गरेका छैनन् । यद्यपि, दर्शकहरुले यो जोडीलाई विवाह बन्धनमा बाँधिएको हेर्ने इच्छा व्यक्त गरिरहेका छन् । 
 
यो जोडीले गत वर्षको फागुनमा नै विवाह गर्न लागेको चर्चा चलेको थियो । तर, यसलाई उनीहरुले अफवाह बताएका थिए । अब भने अभिनेता आकाश श्रेष्ठ यसै वर्ष विवाह गर्ने तयारीमा देखिएका छन् । हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले विवाहका लागि आफ्नो उमेर भएको र परिवारबाट पनि दबाब आइरहेका कारण दर्शकहरुले चाँडै खुसीको खबर सुन्न पाउने बताएका छन् । 
 
उनले भनेका छन्, ‘म विवाहको प्लानिङ गरिरहेको छु । यसै वर्ष हुन्छ वा अर्को वर्ष, सायद चाँडै नै हजुरहरुमाझ एउटा न्यूज पुग्छ होला । सम्भवतः यसै वर्ष विवाह हुनसक्छ ।’ तर, उनले आफ्नो हुनेवाला श्रीमतीको बारेमा अहिलेसम्म टुंगो नलागेको बताएका छन् । यद्यपि, आफ्नो ‘इन्टरकास्ट म्यारिज’ हुनसक्ने उनको भनाई छ । पूजासँग विवाहको विषयमा भने आकाशले बोल्न चाहेनन् । 
 
उनले फिल्म क्षेत्रमा आफूले सबैभन्दा बढी विश्वास गर्ने पूजा रहेको बताएका छन् । ‘हामी एउटै फिल्डमा छौं, मैले नजानेको कुरा उहाँले सिकाउनुहुन्छ । व्यक्तिहरुसँग संगत गर्ने कुरामा पनि उहाँले भन्नुहुन्छ । म आज जुन स्थानमा छु त्यसमा उहाँको पनि हात छ । हामीबीच जुन सम्बन्ध छ, त्यो कहिल्यै नबिग्रियोस् भन्ने चाहन्छु । बिहेको कुरामा चाहिँ अहिले नै भन्न सक्दिनँ,’ उनले भने ।