मिति : २०८१ पौष ४, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

होलीको रंगमा रंगिए कलाकार (फोटोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2021/03/28
आज हिमाली तथा पहाडी क्षेत्रमा फागू पर्व मनाइँदैछ । मेलमिलाप र आपसी सद्‍भावको सन्देश लिएर आउने यो पर्वमा विभिन्‍न रङ र लोला खेली मनाउने परम्परा छ । तर, कोरोनाका कारण गत वर्ष झैँ यस वर्ष पनि होलीको रौनक छैन । संक्रमणको जोखिम बढ्दै गएकाले घरैमा बसेर होली मनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेपछि प्रायःले घरमै परिवारसँग होली मनाइरहेका छन् ।
 
 
संक्रमणको भयले कलाकारहरुले पनि यसपालीको होली घरमै बसेर मनाएका छन् । अभिनेत्री सञ्चिता लुईटेलले बिहानै घरको छतमा श्रीमान निखिल उप्रेती र छोरा-छोरीसँग होली मनाएका तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छन् । परिवारसँग होली मनाउन पाउँदा निखिल पनि खुसी देखिएका छन् । उनीसँग सञ्चिताले रोमान्टिक पोजमा एक तस्विर समेत खिचाएकी छन् ।
 
अभिनेत्री रेखा थापाले पनि आमासँग अपार्टमेन्टमा होली मनाएकी छन् । होलीको रंगमा रंगिएका तस्विरहरु फेसबुकमा पोस्ट गर्दै उनले सबैको जीवनले डर र चिन्ताबाट मुक्ति पाओस् भन्दै होलीको शुभकामना दिएकी छन् । अघिल्ला वर्षहरुमा फिल्मकर्मीहरुले आयोजना गर्ने होली कार्यक्रममा सहभागी हुन उनलाई भ्याइनभ्याइ हुन्थ्यो । तर, यस वर्ष उनको होली घरमै सीमित भएको छ ।
 
 
कोरोना महामारी नभएको हुन्थ्यो भने यतिबेला अभिनेत्री करिश्मा मानन्धरको निवासमा होली मनाउन फिल्मकर्मीहरुको ठूलो जमघट भइसकेको हुने थियो । तर, कोरोनाले यस वर्ष करिश्माले होली कार्यक्रम राखेकी छैनन् । उनले यसपाली परिवारसँग मात्र होली मनाएकी छन् । अभिनेत्री झरना थापाले पनि घरमै बसेर परिवारसँग होली मनाएका तस्विरहरु फेसबुकमा राखेकी छन् ।
 
त्यस्तै, गत वर्ष विवाह बन्धनमा बाँधिएका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले एकअर्कालाई रंग दलेर होलीको खुसी साटेका छन् । अभिनेत्रीहरु नम्रता सापकोटा, नीता ढुंगाना, एलिजा गौतम, आँचल शर्मा, सुष्मा कार्की, पूजा शर्मा, वर्षा सिवाकोटी लगायतका कलाकारले पनि घरमै बसेर होली मनाएका तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
 
 
 
 
Most Visited News (monthly)