मिति : २०८१ आश्विन ११, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कुर्तामा खुलेकी मिरुना

फिल्मीखबर, काठमाडौं, 2021/04/26
 
अभिनेत्री मिरुना मगर आफ्नो करिअरलाई अगाडि बढाउन एउटा हिट फिल्मको पखाईमा छिन् । डेब्यू फिल्म ‘लालपूर्जा’ देखि पछिल्लो रिलिज फिल्म ‘चच हुईं’ सम्म आइपुग्दा सफलताबाट बन्चित भएकी उनी अभिनयको मामलामा भने अब्बल मानिन्छिन् । उनको सुन्दरताको पनि निकै प्रशंसा हुने गरेको छ । तर, लगातार फिल्म असफल हुँदा उनको करिअरमा संकट छाएको छ ।
 
अब उनको आश र भरोसा फिल्म ‘कबड्डी ४’ माथि अडिएको छ । यो फिल्ममा उनले मुख्य भूमिका निर्वाह गर्दैछिन् । ‘कबड्डी’ का तिनवटै सिरिज बक्सअफिसमा हिट भएका कारण उनलाई यसपटक सफलता मिल्नेमा दुईमत छैन । तर, ‘कबड्डी ४’ मा दयाहाङ राई, सौगात मल्ल जस्ता एकसेएक कलाकारको अभिनय रहने भएकाले उनी छायाँमा पर्नसक्ने आशंका पनि उब्जिएको छ ।
 
 
प्राप्त जानकारी अनुसार, फिल्ममा उनले ‘कबड्डी’ सिरिजको शक्तिशाली पात्र ‘मैयाँ’ को भूमिका निर्वाह गर्नेछिन् । उनका लागि दया र सौगातबीच लडाईं हुनेछ । यी दुवै एक्टरसँग मिरुनाले यसअघि पनि काम गरिसकेकी छन् । फिल्म ‘लालपूर्जा’ मा उनको जोडी सौगातसँँग बाँधिएको थियो भने प्रदर्शनको पखाईमा रहेको फिल्म ‘जारी’ मा उनी दयाहाङको श्रीमतीको भूमिकामा छिन् ।
 
नेपाली फिल्मकी सुन्दर र भलाद्मी अभिनेत्रीको रुपमा चिनिने मिरुना सामाजिक सञ्जालमा निकै एक्टिभ रहन्छिन् । उनले आफ्ना तस्विरहरु फेसबुक र इन्स्टाग्राममा बाक्लै रुपमा पोस्ट गरिरहेकी हुन्छिन् । उनले हालै इन्स्टामा कुर्ता सुरुवाल लगाएका तीनवटा तस्विर साझेदार गरेकी छन्, जसमा उनको सुन्दरता निकै खुलेको छ । उनको मुस्कानले त झन् कसलाई घायल नबनाउला र ?
 
 
तस्विर : मिरुनाको इन्स्टाबाट