मिति : २०८१ मंसिर ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लकडाउनमा कसरी मानसिक स्वास्थ्य उच्च राख्ने ? हमालले दिए टिप्स

फिल्मीखबर, काठमाण्डौ, 2021/06/03
 
कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि जारी गरिएको निषेधाज्ञा र लकडाउनका कारण सर्वसाधारणको दैनिकी घरभित्रै वितिरहेको छ । लामो समयदेखि मानिसहरु घरभित्रै बसिरहँदा उकुसमुकुस भएका छन् । यसले गर्दा मानिसको मानसिक स्वास्थ्यमा असर पारेको छ । यो समयमा मानसिक रुपमा स्वस्थ रहन चिकित्सकसँगै कलाकारहरुले पनि आग्रह गरिरहेका छन् ।
 
यसैक्रममा, अभिनेता राजेश हमालले लकडाउनमा मानसिक स्वास्थ्य उच्च राख्न दिप्स दिएका छन् । बुधवार फेसबुकमा एक भिडियो पोस्ट गर्दै उनले यो असामान्य परिस्थितिमा आफ्नो मानसिकतामा पनि असामान्य प्रभाव पार्न सक्ने भएकाले यस कुरामा होसियार रहन सुझाव दिएका छन् । मनलाई सकारात्मक बनाइराख्न आफूलाई इच्छा लागेको कुरामा इन्गेज हुन उनको आग्रह छ ।
 
अभिनेता राजेश हमालले भिडियोमा भनेका कुरा जस्ताको त्यस्तै
 
नमस्कार, म राजेश हमाल ।
 
हामी सबैलाई थाहा छ कि पछिल्लो करीब डेढ वर्षयता कोभिड १९ (कोरोना भाइरस) बाट विश्व ग्रसित छ । आतंकित छ । र, अहिले नयाँ भेरियन्टको कोरोना भाइरस नेपालमा देखा परेको छ र हामी सबै लकडाउनमा छौं । यो असामान्य परिस्थितिमा हाम्रो मानसिकतामा पनि केही असामान्य प्रभाव पार्न सक्छ । त्यसैले हामी यसमा होसियार हौं । 
 
आफ्नो मनलाई हल्का राख्न र पोजेटिभ बनाइराख्न जुन कुरामा तपाईं इन्गेज हुनुहुन्छ त्यही कार्यहरु गर्नुहोस् । चाहे त्यो घरको सदस्यहरुसँग बसेर रमाइला कुराहरु शेयर गर्ने, केही जोक्सहरु भन्ने, हाँसी मजाकका कुराहरु गर्ने या तपाईंको गार्डेन छ भने त्यहाँ समय विताउन सक्नुहुन्छ । खाना बनाउन मनपर्छ भने त्यसमा इन्गेज राख्न सक्नुहुन्छ । एक्सरसाइज गर्न सक्नुहुन्छ । सक्नु हुन्छ भने केहीबेर मेडिटेसन गरेर आफ्नो माइनलाई असाध्धै फ्रेस र पोजेटिभ राखिरहन सक्नुहुन्छ । त्यसैले मानसिक सन्तुलनका लागि यहाँहरु हमेशा सचेत हुनुहोला ।
 
समाचारहरुमा पनि धेरै समय नखर्चिनुहोला । अहिले विभिन्न स्रोतहरु छ समाचारका लागि । यदी तपाईंहरुलाई समाचार थाहा पाउन मन छ भने एउटा स्रोतमा केही समय खर्चिनुहोला । बाँकीको समय चाहिँ आफूलाई इन्गेज हुने, दिमागलाई फ्रेस राख्ने कार्यहरुमा संलग्न हुनुहोला । एक्सरसाइज गर्नुहोस्, फ्रेस हावामा हिँडडुल गर्नुहोस्, पुस्तक पढ्न मन छ भने पुस्तक पढ्नुहोस्, यहाँहरुलाई लेखमा रुची छ भने आफ्ना मनका कुराहरु लेखेर हलुका पनि हुन सकिन्छ । केही कुराहरु यहाँहरुले आफ्नो लेखमार्फत् व्यक्त गरेर घरका सदस्यहरुसँग पनि शेयर गर्न सक्नुहुन्छ । त्यसैले आफूलाई इन्गेज राख्नुहोला । यसबाट यहाँहरुको मानसिकता सकारात्मक र फ्रेस रहिरहनेछ । धन्यवाद ।