मिति : २०८१ कार्त्तिक १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छक्का पञ्जा ४’ को ट्रेलरमा नअटेका जीतु भन्छन्, ‘चित्त दुखाई छैन’

फिल्मीखबर, काठमाडौं, 2021/11/09
एक समय टेलिभिजनमा राज गरेका कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, सिताराम कट्टेल, जीतु नेपाल, निर्मल शर्मा लगायतले फिल्म ‘६ एकान ६’ बाट सहकार्यको यात्रा सुरु गरेका थिए । तर, ‘वडा नम्बर ६’ पछि सिताराम र ‘छक्का पञ्जा’ पछि निर्मलले कलाकार र निर्माताको रुपमा यो समुह छाडे । अब जितु पनि दीपक-दीपाको समुहबाट अलगिएका छन् ।
 
पछिल्लो फिल्म ‘छ माया छपक्कै’ सम्म उनी टिमसँगै थिए । उनी यो समुहका एक बलियो खम्बा हुन् । तर, गत वर्ष ‘महानायक’ विवादका कारण जितुले सञ्चालन गर्ने चर्चित टिभी कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बाट दीपाश्री निरौलालाई हटाएर करिश्मा मानन्धरलाई राखेपछि टिमभित्र मनमुटाव सुरु भयो । त्यसपछि जितु विनै फिल्म बनाउने निर्णयमा दीपक र दीपाको समुह पुग्यो ।
 
jitu nepal
 
गत वर्ष यो समुहले एक फागू गीत सार्वजनिक गरेको थियो । जसमा जितुबाहेक ‘छक्का पञ्जा’ का प्रायः सबै कलाकारको अभिनय थियो । अब ‘छक्का पञ्जा ४’ को ट्रेलरमा पनि उनी अटाएका छैनन् । दीपक-दीपाको समुहबाट जितु अलगिएको कुरामा लालमोहर लगाउन योभन्दा बलियो प्रमाण अरु के चाहिएला र ? ‘सूर्यवंशी’ हेर्न हल पुगेका दर्शकले ‘छक्का पञ्जा ४’ को ट्रेलर हेर्न पाउँछन् ।
 
यो फिल्म निर्माण भइसकेको छैन । अहिले दीपकराज फिल्मको स्क्रिप्टमै काम गरिरहेका छन् । तर, दर्शकलाई फिल्म चाँडै आउन लागेको जानकारी दिन निर्माण टिमले छायांकन नै गरेर ट्रेलर तयार पारेको हो । कमेडीले भरिएको ट्रेलरमा दीपक र दीपासँगै केदार घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा लगायत देखिएका छन् । फिल्म हेर्न दर्शकलाई हलसम्म तान्ने ल्याकत ट्रेलरमा देखिन्छ ।
 
आफूले अभिनय गर्दै आएको फिल्म ‘छक्का पञ्जा’ को चौथो सिरिजको ट्रेलरमा नअटेका जीतुले ट्रेलरमा नअट्दैमा फिल्ममा पनि नअट्ने भन्ने नहुने बताएका छन् । उनी भन्छन्, ‘हलमा बजिरहेको ‘छक्का पञ्जा ४’ को ट्रेलरमा म छैन । यसको अर्थ फिल्ममै म नहुने भन्ने हुँँदैन होला । दीपकजीले कस्तो कथा बनाउनुभएको छ त्यो मलाई थाहा छैन । सायद यो कथामा म नहुन पनि सक्छु ।’ 
 
दीपकराज गिरी र दीपाश्रीबाट आफूले आफ्नो योगदानभन्दा पनि धेरै पाएको उनी बताउँछन् । ‘मलाई हिरो बनाइदिनुभयो । यति ठूलोे नाम दिनुभयो । म उहाँहरुप्रति एकदमै आभारी छु । एउटा फिल्ममा म नहुँदा कुनै चित्त दुखाई छैन । म हमेशा उहाँहरुलाई सहयोग गर्नेछु । मलाई बोलाउनु भयो भने पनि काम गर्न सधैं तयार छु । नभए पनि सदा उहाँहरुकै साथमा रहनेछु,’ जीतुले भने । 
Most Visited News (monthly)