मिति : २०८१ आश्विन ९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

रुविना थापा : फिल्म फ्लप तर चुलियो व्यस्तता

फिल्मीखबर, काठमाडौं, 2022/01/01
फिल्म फ्लप हुँदा प्रत्यक्ष घाटा निर्मातालाई भएको देखिन्छ । हुन पनि घरखेत बेचेर करोडौंमा बनाएको फिल्म डब्बा हुँदा निर्माताले सहनु पर्ने पीडा कम दर्दनाक हुँदैन । तर, कलाकारहरुलाई पनि फिल्म असफलताको असर करिअरमा पर्ने गर्छ । लगातार फिल्म असफल हुँदा धेरै कलाकार सफलताको सुःख महशुस गर्न नपाई ओझेल पर्छन् । किनकि, यहाँ सबै बलेकै आगो ताप्नेहरु छन् ।
 
नेपाली फिल्म क्षेत्रमा केही यस्ता भाग्यमानी कलाकारहरु पनि छन्, जसले फिल्ममा असफलता भोगिरहे पनि कामको अभाव खेप्नु परेको छैन । अभिनेत्री रुविना थापा यसको ज्वलन्त उदाहरण हुन् । फिल्म ‘लभ डायरीज’ बाट उनले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । फिल्ममा उनको काम प्रशंसायोग्य थियो । तर, फिल्मले हलमा घुँडा टेकेपछि उनको काम पनि ओझेलमा पर्‍यो ।
 
Rubina Thapa
 
पहिलो फिल्मपछि दोस्रो फिल्म हात पार्न उनले दुई वर्ष प्रतिक्षा गरिन् । एक अवार्ड कार्यक्रममा अभिनेता सलोन बस्नेत र निर्देशक शोभित बस्नेतसँग ठुम्का लगाएपछि उनलाई शोभितले नै फिल्म ‘डाँडाको वर पीपल’ मा काम दिए । फिल्ममा उनले शिव श्रेष्ठदेखि भुवन केसीसम्म स्क्रिन शेयर गर्ने मौका पाएकी थिइन् । तर, दुर्भाग्य ! यो फिल्मले पनि उनलाई निराश बनायो । फिल्म चलेन । 
 
लगातार दुई फिल्म असफल हुँदा रुविना नराम्रोसँग हच्किएकी थिइन् । अब करिअर कसरी अगाडि बढ्छ भन्नेमा उनी आफैं स्पष्ट थिइनन् । तर, भनिन्छ नी, ‘मिहिनेत र प्रतिक्षा गरे फल अवश्य मिल्छ ।’ यतिबेला रुविनालाई फल मिल्न सुरु भएको छ । एउटा सफल फिल्मको खाँचो भएता पनि उनको व्यस्तता चुलिँदो छ । फिल्मसँगै म्यूजिक भिडियोमा उनी रोजाईको पात्र बनेकी छन् । 
 
गत महिना नयाँ फिल्म ‘म’ साइन गरेकी उनले अचेल दिनहुँ म्यूजिक भिडियोमा काम गरिरहेकी छन् । यो एक महिनाको अवधिमा उनले अभिनय गरेका ‘झम झम झम्कना, यस्तो हुन्छ माया, उठ्न सकिन्छ, हे दैव’ लगायतका गीत सार्वजनिक भइसकेका छन् भने अरु आधा दर्जन गीत रिलिजको तयारीमा छन् । त्यस्तै, शोभित बस्नेतले फेरि उनलाई नयाँ फिल्ममा लिने योजना बनाएका छन् । 
 
सुन्दरतासँगै अभिनय राम्रो गर्ने खुबीका कारण अभिनेत्री थापा फिल्म र म्यूजिक भिडियो बनाउने मेकरको रोजाईमा पर्न थालेकी हुन् । तर, आफूलाई अभिनेत्रीको रुपमा स्थापित गर्न उनले अझै मेहनतको पसिना बनाउनु पर्ने देखिन्छ । ब्यानर, कथावस्तु र चरित्र छनोटमा गम्भीर हुन सके रुविनाले ढिलो-चाँडो नेपाली फिल्ममा आफूलाई सशक्त रुपमा उभ्याउने सम्भावना प्रवल छ ।