मिति : २०८१ कार्त्तिक १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘जी ले जरा’ मा कटरीनाको जोडी बन्न विक्कीलाई प्रस्ताव

एजेन्सी, मुम्बई, 2022/01/11
Newlyweds Katrina Kaif And Vicky Kaushal Return To Mumbai. See Pics
 
बलिउड इन्डस्ट्रीको नव-विवाहित जोडी कटरीना कैफ र विक्की कौशल यतिबेला चर्चाको केन्द्रमा छन् । गत महिना डिसेम्बरमा विवाह बन्धनमा बाँधिएको यो जोडी काममा फर्किसकेको छ । अहिले कटरीना फिल्म ‘टाइगर ३’ को छायांकन गरिरहेकी छन् भने विक्की सारा अली खानसँग एक फिल्मको छायांकनमा व्यस्त छन् । यी दुवैलाई एकसाथ फिल्ममा हेर्ने दर्शकको ठूलो इच्छा छ ।
 
यस्तैमा, ‘गल्ली ब्वाई’ निर्देशक जोया अख्तरले नयाँ फिल्म ‘जी ले जरा’ मा कटरीनाको अपोजिटमा मेन लिडको अफर विक्कीलाई गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । जोयाले फरहान अख्तरपछि विक्कीलाई फिल्म अफर गरेको बताइएको छ । तर, दुवैले फिल्ममा काम गर्ने वा नगर्ने भन्ने कुराको निधो गरिसकेका छैनन् । फिल्ममा तीन जना पुरुष कलाकारको अभिनय रहनेछ ।
 
यो फिल्ममा कटरीना कैफसँगै प्रियंका चोपडा र आलिया भट्ट मुख्य भूमिकामा देखिँदैछन् । जोया अख्तर, फरहान अख्तर र रीमा कागतीले लेखेको फिल्मलाई रीमा कागती, जोया अख्तर, रितेश सिधवानी र फरहान अख्तरले निर्माण गर्नेछन् । ‘दिल चाहता है’ को फिमेल भर्सन भनिएको फिल्म रोड ट्रिपमा बन्नेछ । पहिलो पटक प्रियंका, कटरीना र आलियाले एकसाथ देखिन लागेका हुन् । 
Most Visited News (monthly)