मिति : २०८१ कार्त्तिक १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोल केसीले साइन गरे ‘हनी बनी’

फिल्मीखबर, काठमाडौं, 2022/02/10
anmol kc
 
सुपरस्टार अनमोल केसीले लगातार रुपमा फिल्म साइन गरिरहेका छन् । फिल्म ‘ए मेरो हजुर ४’ यता उनले आधा दर्जन फिल्म साइन गरे । तर, केही फिल्म उनले पछि स्क्रिप्ट चित्त नबुझेर छाडे भने केही फिल्म निर्माण नै हुन सकेका छैनन् । यसबीच, उनले नयाँ फिल्ममा साइन गरेका छन् । दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म ‘हनी बनी’ मा उनी अनुबन्ध भएका हुन् ।
 
केही दिनअघि निर्माण टिमले उनीसँग कागजी सम्झौता गरेको हो । बुझिए अनुसार, अनमोलले स्क्रिप्ट पढेको दुई दिनमा फिल्म साइन गरेका हुन् । फिल्ममा उनी लभर ब्वाईको भूमिकामा प्रस्तुत हुने निर्देशक भट्टराईले जानकारी दिए । फिल्मको आगामी मार्चबाट छायांकन सुरु गर्ने तयारी गरिएको छ । यसअघि फिल्म ‘क्याप्टेन’ मा अनमोलले दीवाकरको निर्देशनमा काम गरेका थिए ।
 
अनमोल आगामी फागुन अन्तिमबाट फिल्म ‘एक्स ९’ को छायांकन सुरु गर्ने तयारीमा थिए । यसका लागि उनले शरीर बनाउन तीन महिना जिममा पसिना पनि बगाए । तर, तत्काल यो फिल्म नबन्ने भएपछि उनले ‘हनी बनी’ साइन गरेका हुन् । फिल्ममा उनको अपोजिटका लागि निर्माण टिमले अभिनेत्री खोजिरहेको छ । चाँडै अन्य कलाकारहरुको पनि टुंगो लाग्ने दीवाकरले बताए ।
 
‘पासवोर्ड, सम्हालिन्छ कहिले मन’ लगायतको फिल्म निर्माण गरिसकेको कम्पनी एबी इन्टरनेशलको प्रस्तुती रहने फिल्ममा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गरेका छन् । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा अंकित गौतम छन् । बेलायतमामा छायांकन हुने फिल्मको लागत ७ करोड अनुमान गरिएको छ । 
Most Visited News (monthly)