मिति : २०८१ मंसिर १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिहेको प्रश्नमा बुद्धि भन्छन्, ‘बाल विवाहमा परिन्छ कि !’

फिल्मीखबर, काठमाडौं, 2022/03/09
Buddhi Tamang
 
बुद्धि तामाङ्गले संघर्षको ठूलो चट्टान फुटाएर कलाकारितामा गर्विलो नाम बनाएका छन् । ‘हैट’ उपनामले बढी चिनिने उनी विरामी आमाको उपचार गर्नका लागि पैसा जुटाउन काभ्रेबाट २०५६ सालमा काठमाडौं छिरेका थिए । काठमाडौं आएपछि उनले लामो समय इट्टा भट्टामा काम गरे । यसपछि नांग्लोमा बदाम बचे । रेस्टुरेन्टमा भाँडा माझे । विजुलीको वाइरिङ्ग गर्ने काम पनि सिके ।
 
‘जीवनमा कहिल्यै कलाकार बन्छु’ भनेर नसोचेका उनलाई समयको हुरीले डबली थिएटरसम्म पुर्‍यायो । यसपछि उनले पेशा परिवर्तन गर्नुपरेको छैन । डबलीपछि मण्डला थिएटरमा आबद्ध भएकाले उनले दुई दर्जन बढी नाटकहरुमा अभिनय गरिसकेका छन् । नाटकमा काम गर्दागर्दै उनले फिल्म ‘कबड्डी’ मा काम गरेका थिए । यसपछि त उनले करिअर फर्केर हेर्नु परेको छैन । 
 
केही वर्षयता उनी हाँस्य चरित्रमा सबैभन्दा बिकाउ कलाकारमा पर्छन् । कमेडी फिल्म त उनीविना अधुरो र अपुरो नै हुने गरेका छन् । फिल्ममा उनी भएपछि हलमा दर्शकलाई बाँधेर राख्न अरु चाहिँदैनन् । हरेक चरित्रमा जीवन्त बाँच्न सक्ने बुद्धिले अहिले एउटा फिल्मका लागि ५ देखि ७ लाखसम्म पारिश्रमिक बुझ्ने गरेका छन् । तर, उमेरले ३५ वर्ष नाघिसकेका उनी अविवाहित छन् । 
 
अचेल हरेक अन्तर्वार्तामा उनले विवाहको प्रश्न अनिवार्य सामना गर्नुपर्छ । मंगलवार फिल्म ‘मन्त्र’को एक कार्यक्रममा पनि उनी विवाहको प्रश्नबाट भाग्न सकेनन् र सधैंझैं हाँसिमजाक गरेरै प्रश्न टारिदिए । यसपटक उनले पल शाह प्रकरणप्रति इशारा गर्दै ‘अहिले नै विवाह गरे बाल विवाहमा परिन्छ कि !’ भन्दै ठट्यौली गरे । कदका कारण आफू १७ वर्षको जस्तो देखिने उनको भनाई छ ।