मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्सअफिसमा ‘आकाशे खेती’ र ‘राधे श्याम’बीच भिडन्त

फिल्मीखबर, काठमाडौं, 0000/00/00
radhe-shyam and aakashe kheti
 
केही वर्ष अगाडिसम्म ठूला विदेशी फिल्मसँग नेपाली फिल्म भिड्नु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु बराबर भनिन्थ्यो । दर्शकको पहिलो रोजाई विदेशी फिल्म हुने र हलहरु पनि कम पाइने भएकाले निर्माताहरु विदेशी फिल्मसँग भिड्ने आँट नै गर्दैन थिए । जति फिल्मले भिड्ने आँट गरे अवस्था सन्तोषजनक रहेन । यसैले नेपाली फिल्म वर्षौंदेखि विदेशी फिल्मको डरमै बाँचिरह्यो । 
 
तर, कोरोना महामारीपछि सिनारियो फेरिएको छ । एक त डेटको अभाव, अर्को कोरोनाले महिनौं फिल्म थन्किसकेकाले निर्माताहरु विदेशी फिल्मसँग भिड्न पनि तयार भएका छन् । दुई हप्ताअघि फिल्म ‘म यस्तो गीत गाउँछु २’ले बलिउड फिल्म ‘गंगुबाई काठियावाडी र साउथ फिल्म ‘वालिमै’सँग भिडन्त गर्‍यो । अघिल्लो हप्ता फिल्म ‘लप्पन छप्पन २’ हलिउड फिल्म ‘द ब्याटम्यान’सँग भिड्यो ।
 
आज शुक्रवारबाट अर्को नेपाली फिल्म ‘आकाशे खेती’ले साउथको हिन्दी डब फिल्म ‘राधे श्याम’सँग भिडन्त सुरु गरेको छ । साउथ सुपरस्टार प्रभास अभिनीत फिल्म भएकाले नेपालका अधिकांश मल्टीप्लेक्सहरुले ‘राधे श्याम’लाई ठूलो शो दिएका छन् । ‘आकाशे खेती’लाई भने औसत शो मिलेको छ । शुक्रवारबाट साउथ सुपरस्टार सूर्या अभिनीत फिल्म ‘इटी’ पनि प्रदर्शनमा आएको छ ।
 
उदय सुब्बाको निर्देशन, निर्माण र लेखनमा तयार भएको ‘आकाशे खेती’मा गौरव पहारी, विल्सन बिक्रम राई, बुद्धि तामाङ, नीता ढुंगाना, मरिश्का पोखरेल, रविन्द्र झा,  रमा लिब्बु, जयनन्द लामा र शिशिर वाङ्देल लगायतको अभिनय रहेको छ । युवाहरुको विना मिहिनेत पैसा कमाउने सपना र तिब्वतियन शरणार्थीको विषयलाई फिल्मले उठाएको छ । फिल्ममा विल्सनको पटकथा तथा संवाद छ ।