मिति : २०८१ आश्विन १२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(38 votes, avg 4.89/5.00)
Text size:-
+
-

मलाई हिन्दी फिल्म गर्न आवश्यक छैन : महेश बाबू

एजेन्सी, मुम्बई, 2022/04/11
Mahesh Babu tests positive for Covid-19: 'Can't wait to be back' |  Entertainment News,The Indian Express
 
अहिले बलिउडका लागि साउथ फिल्म चट्टानी पहाड बनेर खडा भएको छ । एसएस राजामौली निर्देशित फिल्म ‘बाहुबली’बाट पेन इन्डिया फिल्मप्रति क्रेज चुलिएको थियो । ‘केजीएफ’, ‘पुष्पा’, ‘आरआरआर’ जस्ता फिल्मले बलिउडमा साउथको दबदबा थप बढायो । साउथ फिल्मको बढ्दो क्रेजलाई मध्यनजर गर्दै बलिउड कलाकारले समेत साउथ फिल्ममा अभिनय गर्न थालेका छन् ।
 
साउथ स्टारहरु पनि बलिउड फिल्ममा काम गर्ने तयारीमा छन् । लामो समयदेखि साउथ सुपरस्टार महेश बाबूले बलिउडमा डेब्यू गर्न लागेको चर्चा चलिरहेको छ । उनलाई केही हिन्दी फिल्मबाट अफर पनि गरिएको छ । तर, हालै एक अन्तर्वार्तामा उनले आफूलाई हिन्दी फिल्ममा काम गर्न आवश्यक नभएको बताएका छन् । आफू तेलुगु फिल्ममा मात्र काम गर्ने उनको भनाई छ । 
 
महेशले हलिउड फिल्ममा काम गर्न लागेको चर्चालाई पनि खण्डन गरेका छन् । उनले अहिलेसम्म आफू कुनै हलिउड फिल्ममा आबद्ध नभएको स्पष्ट पारेका छन् । मे १२ मा रिलिज हुन लागेको फिल्म ‘सरकारू वारी पाटा’मा देखिने तयारीमा रहेका महेश बाबुले नयाँ फिल्म एसएस राजामौलीसँग गर्दैछन् । उनी पहिलो पटक राजामौलीसँग काम गर्नका लागि उत्साहित देखिएका छन् ।