मिति : २०८१ भाद्र २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

अरबाजपछि सोहेलको पनि डिभोर्स !

एजेन्सी, मुम्बई, 2022/05/13
When Sohail Khan's Estranged Wife Seema Khan Opened Up About Staying  Separately & Not Having A 'Conventional Marriage' With Husband!
 
बलिउड अभिनेता सोहेल खान र उनको श्रीमती सीमा खान विवाह गरेको २४ वर्षपछि अलग हुने भएका छन् । शुक्रवार उनीहरु मुम्बईको फेमिली कोर्टमा एकसाथ देखिएका थिए । त्यसबेला उनीहरुले एकअर्कासँग साथीको जस्तो व्यवहार गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । कोर्टमा डिभोर्सको फाइल दर्ता गरेपछि उनीहरु आ-आफ्नो गाडीमा चढेर घर निस्किएका थिए । 
 
यद्यपि, सोहेल र सीमाले डिभोर्सको विषयमा आधिकारिक भनाई सार्वजनिक गरिसकेका छैनन् । तर, उनीहरुबीच केही समयदेखि खासै राम्रो सम्बन्ध नभएको बताइन्छ । सोहेल र सीमाले सन् १९९८ मा भागी विवाह गरेका थिए । सीमा दिल्लीवासी हुन् भने फेसन डिजाइनमा करिअर बनाउने सपना बोकेर उनी मुम्बईमा आएकी थिइन् । त्यसै क्रममा सोहेलसँग उनको चिनजान भएको थियो । 
 
सोहेलका अनुसार, उनलाई सीमासँग पहिलो भेटमै प्रेम भएको थियो । लगातारको भेटघाटपछि उनीहरु एकअर्काको प्रेममा डुबेका थिए । तर, सीमाको परिवार सोहेलसँगको सम्बन्ध स्वीकार गर्न तयार नभएपछि उनीहरुले भागी विवाह गरेका थिए । सोहेलको फिल्म ‘प्यार किया तो डरना क्या’ जुन दिन रिलिज भएको थियो, त्यही दिन उनले मुम्बईको मन्दिरमा सीमासँग बिहे गरेका थिए । 
 
पछि सीमाको परिवारले उनीहरुको सम्बन्ध स्वीकार गरेको थियो । यो जोडीको दुई छोरा छन्, निर्वाण खान र योहान खान । सीमा नेटफ्लिक्सको ओरिजिनल सिरीज ‘फेबुलस लाइफ अफ बलिउड वाइफ्स’मा देखिसकेकी छन् । सोहेलभन्दा अगाडि उनका दाई अरबाज खानको पनि सम्बन्ध विक्षेद भइसकेको छ । उनीहरु दुवैका दाई अभिनेता सलमान खान भने अझै पनि अविवाहित छन् ।