मिति : २०८१ आश्विन ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालमा ‘केजीएफ २’को ५१औं दिने दौड

फिल्मीखबर, काठमाडौं, 2022/05/22
KGF Chapter 2 First Review Out! Yash & Sanjay Dutt Starrer Gets A Big  Thumbs Up By A UAE Based Critic, Hints At A Shocking Climax
 
एनलग प्रविधि अर्थात् रिलमा खिचिने समयमा नेपाली फिल्मले हलमा प्रदर्शनको ५१औं र सय दिन मनाउनु सामान्य मानिन्थ्यो । सानो संख्यामा फिल्म निर्माण हुने भएकाले प्रायः फिल्मले लगानी उठाउनुका साथै लामो समय हलमा टिक्ने अवसर पाउँथे । तर, डिजिटल युगको आगमन सँगै नेपाली फिल्मलाई लगानी उठाउन मात्र होइन, हलमा एक हप्ता टिक्न पनि मुश्किल भएको छ ।
 
पछिल्लो पटक फिल्म ‘छक्का पञ्जा ३’ले ५१औं दिन मनाएको थियो । अब यो इतिहास दोहोर्‍याउन फेरि यही फिल्मको सिक्वेल आउनु पर्ने देखिन्छ । किनकि, यो फिल्मको सिरिजले नै प्रदर्शनको ५१औं दिने इज्जत जोगाइराखेको छ । कोरोना महामारीयता प्रदर्शनका आएका दुई सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु २’ र ‘ए मेरो हजुर ४’ले समेत प्रदर्शनको लामो यात्रा गर्न सकेनन् ।
 
तर, ‘ए मेरो हजुर ४’सँग एकै मितिमा प्रदर्शनमा आएको साउथ फिल्म ‘केजीएफ २’ले भने नेपालका हलमा ५१औं दिन मनाउने सम्भावना बढ्दै गएको छ । आइतवार ३९औं दिनमा पनि फिल्मले काठमाडौंका प्रायः मल्टीप्लेक्सहरुमा राम्रो शो पाएको छ । मनोज राठीको समुहले नेपाल भित्राएको यो फिल्मको अघिल्लो पार्टले काठमाडौंको विग मुभिजमा ५१औं दिन मनाएको थियो । 
 
अब ‘केजीएफ २’ले नेपालमा ५१औं दिन मनाउन मल्टीप्लेक्सहरुमा १२ दिन टिक्नुपर्नेछ । प्रदर्शनको ५औं हप्तामा पनि फिल्म हेर्ने दर्शक सुखद् रहेको हल सञ्चालकहरुले बताएका छन् । वितरक राठीले कलेक्सन रिपोर्ट सार्वजनिक नगरे पनि फिल्मले नेपालबाट १५ करोडको आसपास कमाई गरेको जानकारी प्राप्त छ । फिल्मले प्रदर्शनको तीन हप्ता नेपालमा आक्रामक कमाई गरेको थियो ।