मिति : २०८१ मंसिर २, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

७ वर्ष अगाडि बनेको ‘दोख’ असार २४ मा

फिल्मीखबर, काठमाडौं, 2022/05/25
Dokh
 
७ वर्ष अगाडि निर्माण भएको फिल्म ‘दोख’को प्रदर्शन मिति घोषणा गरिएको छ । बुधवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै अगामी असार २४ गते (जुलाई ८) लाई प्रदर्शन मिति घोषणा गरेको हो । फिल्मले द्वन्द्वकालिन समयको कथालाई उठान गरेको पोस्टरले बुझाउँछ । गत वर्षको बैशाखमा सार्वजनिक गरिएको फिल्मको ‘रातैले बुन्छ’ गीतले ठूलो चर्चा र प्रशंसा बटुलेको थियो । 
 
कलाकार अनुप बरालको निर्देशनमा तयार भएको फिल्ममा दीया मास्के, मनीष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दीप, सुरज मल्ल, देव न्यौपाने, अनोज पाण्डे, सजन थापा, कमल देवकोटा, किरण चाम्लिङ, केशव राई, दिवज राईलगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । शैलेन्द्र डी कार्कीले छायांकन गरेको फिल्ममा राजन कठैतको कथा तथा पटकथा छ ।
 
गाउँमा हुने फुटबल खेलसँग जोडिएर पावर, पोलिटिक्स र रिभेन्जको अनौठो तानाबुना फिल्ममा बुनिएको छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा छन् । भोजपुरको सुन्तले र बाघखोर वरपर खिचिएको ‘दोख’को वितरण काठमाडौँभित्र जिजिए ग्रुप र काठमाडौँबाहिर एफडी कम्पनीले गर्नेछन् ।