मिति : २०८१ फाल्गुन २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र संघमा विरेन्द्र नारायण श्रेष्ठको नेतृत्व

फिल्मीखबर, काठमाडौं, 2022/06/05
birendra narayan shrestha
 
२०७६ सालको पुषमा भएको हल व्यवसायी र वितरकहरुको संस्था नेपाल चलचित्र संघको ४६औं साधारण सभामा मधुसुदन प्रधान र विरेन्द्र नारायण श्रेष्ठ अध्यक्षको दाबीबाट टसमस नभएपछि सर्वसम्मत गर्ने क्रममा आलोपालोको सहमति भएको थियो । डेढ वर्ष प्रधान र बाँकी डेढ वर्ष श्रेष्ठले अध्यक्ष चलाउने सहमति भएपनि पछि प्रधानले नै श्रेष्ठको सहमतिमा तीन वर्ष संघको नेतृत्व चलाए ।
 
अब भने संघलाई श्रेष्ठले हाँक्ने भएका छन् । शनिवार भएको संघको ४७औं साधारण सभाबाट उनी अध्यक्षमा निर्विरोध चयन भए । त्यस्तै, सदस्यहरुमा गोपालकाजी कायस्थ, गोविन्द शाही, कपिल प्रसाद द्वा, राजकुमार श्रेष्ठ, ओम जैसी, नरेन्द्र महर्जन, कुवेर शर्मा, भास्कर ढुंगाना, प्रज्वल शमशेर जवरा, नीरज कार्की, सुरेन्द्र कुमार थापा, चैतन्य बराल र युवराज प्रसाईं चयन भएका छन् ।
 
निर्वाचित सदस्यहरुबाट नै कार्यसमिति पधाधिकारी चयन गर्ने संस्थाको विधान रहेको छ । श्रेष्ठ नेतृत्वको पहिलो बैठकले निर्विरोध चयन भएका सदस्यहरुलाई कार्य विभाजन गर्नेछ । संघको साधारण सभामा प्रमुख अतिथीको रुपमा उपस्थित भएका पर्यटनमन्त्री प्रेम बहादुर आलेले फिल्मले पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग गर्ने भएकाले फिल्मकर्मीसँग सहकार्य गर्न आफू तत्पर रहेको बताए । 
 
उनले भने- ‘फिल्म क्षेत्रको विकास र विस्तारका लागि हुने काममा पर्यटन मन्त्रालयले सधैं हातेमालो गर्नेछ । फिल्मकै माध्यमबाट मानिसहरुले विदेशका विभिन्न ठाउँ घुम्ने योजना बनाउँछन् । नेपालको पर्यटन प्रवद्र्धनमा पनि फिल्मले सघाउ पुर्‍याएको छ । छायांकन गर्ने क्रममा कुनै समस्या आयो भने भन्नु होला म तुरुन्तै समाधान गर्नेछु र मैले सहकार्य गर्ने ठाउँमा सहकार्य पनि गर्नेछु ।’