मिति : २०८१ कार्त्तिक १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

यस्तो छ अनमोलको ‘छड्के २’ लुक्स

फिल्मीखबर, काठमाडौं, 2022/08/27
बुबाको मुख हेर्ने दिनको अवसर पारेर छायांकनरत फिल्म ‘छड्के २’को टिमले मुख्य अभिनेता अनमोल केसीको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । जसमा अनमोल एंग्री अवतारमा प्रस्तुत छन् । लामो कपाल र शरीरभरी अनौठो किसिमको ट्याटु खोपेका उनले मुखमा चुरोट च्यापेका छन् । अनुहार रगतले पोतिएको छ भने उनको हातमा रगत लागेको धारिलो हतियार पनि देखिन्छ ।
 
anmol kc
 
फर्स्टलुक पोस्टरमा अनमोलको कसिलो शरीर पनि देखाइएको छ, जसमा १९९४ लेखिएको ट्याटु छ । उनको लुक्स हेर्दा फिल्ममा उनी ग्याङस्टरको भूमिकामा रहेको बुझिन्छ । उनको यो जबरजस्त लुक्सले दर्शकलाई फिल्मप्रति कौतुहलता जगाउने निश्चित छ । अहिले फिल्मको चितवनमा सुटिङ भइरहेको छ । छायांकनपूर्व चितवनमै फिल्मको टिमले दुई हप्तासम्म वर्कसप गरेको थियो । 
 
निगम श्रेष्ठको निर्देशन रहेको यस फिल्ममा रोविन तामाङ, कमलमणि नेपालको पनि मुख्य भूमिका छ । निर्माण टिमले अनमोलको अपोजिटमा अभिनेत्रीको छनोट गरिसकेको भए पनि नाम भने सार्वजनिक गरेको छैन । ६० दिनको सेड्युल राखिएको फिल्म चितवनपछि मुस्ताङमा खिचिनेछ । फिल्म निर्माणमा काभ्रे फिल्म्स, मेधा डिजिटल र निर्भाना फिल्म स्कूलले सहकार्य गरेका छन् ।
 
फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन् । लक्ष्मण काफ्ले र निर्भाना फिल्म स्कूल कार्यकारी निर्माता रहेको फिल्मको लेखन निर्देशक श्रेष्ठ स्वयंको हो । ६ वर्ष अगाडि प्रदर्शनमा आएको ‘छड्के’लाई पनि निगम स्वयंले निर्देशन गरेका थिए, जसमा दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, नम्रता श्रेष्ठको अभिनय थियो । ‘छड्के २’ अनमोलकै कारण दर्शकमाझ प्रतिक्षीत छ । 
Most Visited News (monthly)