मिति : २०८१ आश्विन २४, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माता संघको अध्यक्षमा नवल खड्का र महासचिवमा सुनिलकुमार थापा निर्विरोध

फिल्मीखबर, काठमाडौं, 2022/09/01
nawal khadka and sunil kumar thapa
 
निर्माताहरुको छाता संस्था नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध चयन भएका छन् । महाधिवेशनभन्दा दुई दिन अगाडि बिहीवार तोकिएको उम्मेदवारी मनोनयन प्रक्रियामा अध्यक्ष पदमा नवलको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । ५ वर्षपछि हुन लागेको निर्माता संघको चुनावी साधारण सभा यही भदौ १८ गते शनिवारलाई राखिएको छ । 
 
अध्यक्षसँगै निर्माता संघको सम्पूर्ण कार्यसमिति निर्विरोध चुनिएको छ । अध्यक्षपछिको महत्त्वपूर्ण पद महासचिवमा ‘ए मेरो हजुर’का निर्माता सुनिलकुमार थापा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्ष पदमा उदय सुब्बा र ‘आमा’ निर्माता तथा निर्देशक दीपेन्द्र के खनाल निर्विरोध चयन भएका छन् भने सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई निर्विरोध चयन भए । 
 
संघको सदस्यहरूमा भने माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्र लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र शेखर लामा निर्विरोध चयन भएका छन् । सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएपछि अब निर्माता संघले चुनावी साधारण सभाबाट औपचारिक रुपमा नयाँ कार्यसमिति घोषणा गर्नेछ । यसअघि आकाश अधिकारी पनि संघको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए ।