मिति : २०८१ भाद्र २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेश हमाललाई फिल्म ‘स्वामी’ अफर, वान लाइन स्टोरी मनपर्‍यो

फिल्मीखबर, काठमाडौं, 2022/09/05
५ वर्षको विश्रामपछि अभिनेता राजेश हमाल फिल्म ‘मायाको माया’बाट कमब्याक गर्दैछन् । केही दिनमा यो फिल्मको छायांकन सुरु हुँदैछ । कोरोना महामारीको समयमा उनले अर्को एक फिल्म ‘सत्यम्’ पनि साइन गरेका थिए । तर, विभिन्न कारणले यो फिल्म छायांकनमा निस्किन नसकेपछि हमालले गत साउनमा ‘मायाको माया’ साइन गर्दै आफ्नो कमब्याक फिल्मको टुंगो लगाएका हुन् ।
 
कुनै बेला अन्धाधुन्ध फिल्ममा काम गर्ने हमाल पछिल्लो समय भने फिल्म छनोटमा निकै चुजी बनेका छन् । उनलाई अहिले पनि ठूलो संख्यामा फिल्म अफर हुने गरेको छ । तर, उनले स्क्रिप्ट र पात्र चित्त नबुझेसम्म फिल्म साइन गर्दैनन् । यसबीच, उनलाई एक नयाँ फिल्म ‘स्वामी’बाट अफर भएको छ । आइतवार लाजिम्पाटको होटल एम्बासडरमा उनीसँग फिल्मको टिमले भेट गरेको हो ।
 
rajesh hamal
 
फिल्मका लेखक मौनता श्रेष्ठसहितको टोलीले हमालसँग भेट गरेर वान लाइन स्टोरी सुनाएको छ । राजेश हमालसँगको छलफल सकारात्मक भएको लेखक श्रेष्ठले बताए । उनले भने, ‘राजेश दाईले ‘वान लाइन स्टोरी’ मन पराउनुभयो । त्यो स्टोरीमा राजेश दाईबाहेक अरुलाई सुहाउँदैन । त्यसैले पनि मैले दाईलाई तपाईंले काम गर्ने भए मात्र पटकथा लेख्छु भन्दा उहाँले लेख्नु भन्नुभयो ।’
 
लेखक श्रेष्ठ केही दिनमा खुसीको खबर सुन्न पाइने बताउँछन् । ‘अब पटकथा लेखनको काम सुरु हुन्छ । स्क्रिप्ट फाइनल भएपछि राजेश दाईसँग पुनः बस्नेछौं । दाईले ‘वान लाइन स्टोरी’ मन पराएर पटकथाको काम अगाडि बढाउनुस् भन्नु भएकाले फिल्ममा काम गर्नु हुन्छ भन्नेमा हामी विश्वस्त छौं । ‘स्वामी’ नाम सुनेरै राजेश दाई २० प्रतिशत फाइनल भइसक्नुभएको छ,’ मौनताले भने ।
 
लेखक मौनता श्रेष्ठले नै निर्माण गर्ने फिल्मलाई प्रदीप श्रेष्ठले निर्देशन गर्नेछन् । प्रदीपले यसअघि हमाललाई लिएर ‘अजम्बरी नाता’, ‘सपना’, ‘भगवान सबैको’ जस्ता सुपरहिट फिल्मको निर्देशन गरिसकेका छन् । उनले पछिल्लो समय फिल्म ‘ब्ल्याक’को निर्देशन गरेका थिए । आगामी कात्तिक वा मंसिरबाट सुटिङमा जाने ‘स्वामी’ एक्सन र लभस्टोरी कथामा निर्माण हुने लेखक श्रेष्ठले बताए ।