मिति : २०८१ आश्विन ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चुनाव लड्ने घोषणापछि मोरङका जनता रिझाउँदै रेखा

फिल्मीखबर, काठमाडौं, 2022/09/09
rekha thapa
 
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि विभिन्न राजनीतिक दलबाट फिल्मकर्मीहरु पनि उम्मेदवार बन्न दौडधुप गरिरहेका छन् । कसैको नाम प्रदेश सभा सदस्यमा त कसैको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएको छ । चर्चित अभिनेत्री रेखा थापा भने मोरङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ प्रतिनिधि सभाको सदस्यमा उठ्ने निश्चित नै भइसकेको छ । 
 
उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लड्न लागेकी हुन् । राप्रपाको स्थानीय कमिटीले केही दिन अगाडि मोरङ क्षेत्र नम्बर ३ बाट रेखाको एकल नाम सिफारिस गरेको थियो । र, पार्टीको केन्द्रीय समितिले पनि रेखालाई उक्त क्षेत्रबाट चुनाव लड्न अनुमति दिएको छ । तर, त्यस क्षेत्रमा एमालेको पकड भएकाले रेखालाई जिताउन राप्रपाले एमालेसँग तालमेल गर्ने प्रयास गरिरहेको छ । 
 
एमालेसँग तालमेल नभए रेखा एक्लै अन्य पार्टीसँग चुनावमा प्रतिस्पर्धा गर्ने सोचमा छिन् । मोरङ क्षेत्र नं. ३ बाट चुनाव लड्ने निश्चित भएपछि रेखाले चुनावको साढे दुई महिना अगावैदेखि घरदैलो अभियान सुरु गरेकी छन् । केही दिनदेखि मोरङमा रहेकी उनले शुक्रवार आफू चुनाव लड्ने क्षेत्रका जनतासँग भेट गर्दै जेष्ठ नागरिकहरुको आर्शिवाद समेत लिइन् । मोरङ उनको जन्मथलो हो । 
 
आफू अभिनीत तथा निर्मित फिल्महरु लगातार असफल हुन थालेपछि राजनीतिमा सक्रिय भएकी रेखा अहिले राप्रपाको केन्द्रीय सदस्य हुन् । महामन्त्री पदमा पराजीत भएपछि उनलाई पार्टीले केन्द्रीय सदस्यमा मनोनित गरेको हो । अब रेखा प्रत्यक्षतर्फ चुनाव लडेर सांसदको रुपमा नयाँ बानेश्वरमा रहेको ‘वाइट हाउस’ छिर्ने पहिलो नेपाली महिला कलाकारको इतिहास रच्ने दौडमा छिन् ।