मिति : २०८१ आश्विन १२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गुलाबी’मा सञ्चिताको प्रवेश, कास्कीमा शुभ साइत

फिल्मीखबर, काठमाडौं, 2022/09/10
समुन्द्र भट्टको निर्देशनमा बन्न लागेको फिल्म ‘गुलाबी’को शुभ साइत गरिएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुसस्थित सीता बराह मन्दिरमा शुक्रबार क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । फिल्मको छायांकन भदौ अन्तिम साताबाट औपचारिक रुपमा सुरु हुने निर्देशक भट्टले जानकारी दिएकी छन् । छायांकनअघि धम्पुसमा केही दिन फिल्मको वर्कसप हुनेछ । 
 
gulabi
 
मुख्य भूमिकामा अभिनेता नाजिर हुसेनलाई अनुबन्ध गर्दै समुन्द्र भट्टले फिल्मको घोषणा गरेकी थिइन् । मुहूर्तसँगै फिल्ममा छनोट भएका अन्य कलाकारहरु पनि सार्वजनिक गरिएको छ । फिल्ममा सञ्चिता लुइँटेल, सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’ कलाकारको रुपमा भित्रिएका छन् । यो फिल्म पारलैङ्गिकताको कथामा बन्न लागेको हो । 
 
समुन्द्रकै कथामा बन्न लागेको फिल्ममा पटकथा तथा संवाद रामकुमार श्रेष्ठ र नाजिर हुसेनको छ । दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानर र अनुपम फिल्मससँगको सहकार्यमा निर्माण हुने ‘गुलाबी’लाई आलोक शुक्लाले छायांकन गर्नेछन् । भद्र भुजेल एसोसिएट निर्देशक रहने फिल्ममा सीमा गुरुङको शृङ्गार, पुष्कर लामाको निर्माण नियन्त्रण र निर्माण व्यवस्थापकमा यम वली रहेका छन् । 
 
gulabi
 
फिल्ममा नाजिर हुसेनले ट्रान्सजेन्डरको भूमिका निभाउने छन् । यसका लागि उनले १५ केजी तौल घटाएर ५० केजी बनाएका छन् । उनले पहिलो पटक चुनौतीपूर्ण चरित्रमा अभिनय गर्न लागेका हुन् । क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन पढेकी निर्देशक भट्टले केही वर्षअघि ‘आधा पेज’ फिल्मको निर्देशन गरेकी थिइन् । केही वर्षको अन्तरालपछि भट्ट पुनः निर्देशनमा फर्किएकी हुन् ।