मिति : २०८१ मंसिर ३०, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलरमा जातीय विभेदको कथा

फिल्मीखबर, काठमाडौं, 2022/09/13
Abinash Neupane and Shreeya Karki
 
फिचर फिल्मको लम्बाईमा संवादसहितको गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक भएको छ । केही समय अगाडि एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको भए पनि डिजिटल रिलिज भने सोमवार भएको हो । मातृभूमि च्यानलबाट सार्वजनिक ट्रेलरमा जातीय विभेदले समाजलाई कसरी कुरुप बनाएको छ भन्ने देखाउन खोजिएको छ । एक जोडीको निश्चल प्रेम र वैदेशिक रोजगारीको कथालाई पनि ट्रेलरमा देखाइएको छ । 
 
सौरपानी मिडिया प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्मलाई देवेन्द्र पान्डेले निर्देशन गरेका हुन् भने मणि नेपाली पनेरु निर्माता हुन् । फिल्ममा अभिनास न्यौपाने र श्रेया कार्कीको मुख्य भूमिका छ भने मोहन निरौला, उत्तम केसी, सरु सुनवार, शुभम् आचार्य, सविना न्यौपाने, मणि नेपाली पनेरुको पनि अभिनय छ । निर्माता पनेरुले लेखेका ६ वटा लोकगीतमा आधारित भएर फिल्म निर्माण भएको हो । 
 
क्यानडाको लागि नेपाली साँस्कृतिक दूत समेत रहेका पुर्ण नेपालीको एकल संगीत रहेका फिल्मका गीतहरुमा राजु परियार, तुलसी पराजुली, देवि घर्ती, निशा देसार, धर्मेन्द्र सेवान, टीका पुन लगायतका गायक-गायिकाहरुको स्वर छ । फिल्मको ट्रेलर सार्वजनिक गरिए पनि प्रदर्शन मिति घोषणा गरिएको छैन । नेपालमा सार्वजनिक प्रदर्शन अगाडि फिल्मलाई अमेरिका लगायतका राज्यमा प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।
 

Most Visited News (monthly)