मिति : २०८१ पौष २०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 5.00/5.00)
Text size:-
+
-

मीन भामको ‘चिसो वर्ष’मा सोनमको सम्भावना बलियो

फिल्मीखबर, काठमाण्डौ, 2022/09/16
५ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘कालोपोथी’पछि निर्देशक मीन भामसँग काम गर्न प्रायः हरेक चलेका नेपाली कलाकारले सपना पालेका छन् । तर, भाम फरक शैलीको फिल्म बनाउने भएकाले उनी कलाकारको लोकप्रियताभन्दा माथि उठेर पात्र चयन गर्छन् । ‘कालोपोथी’पछि नयाँ फिल्म ‘चिसो वर्ष’ बनाउनका लागि उनले प्रि-प्रडक्सनमै ५ वर्षभन्दा बढी समय विताइसकेका छन् । 
 
अब उनी आगामी पुष-माघबाट ‘चिसो वर्ष’को छायांकन सुरु गर्ने तयारीमा छन् । यतिबेला उनी फिल्मका लागि कलाकार छनोटको प्रक्रियामा छन् । उनले दुई वर्ष अघि फिल्मका लागि अडिसन आह्वान गरेका थिए । जसमा तिब्बतीयन नागरिक तथा गायक सोनम तोप्देनले अडिसन दिएका थिए । सोनम उनै हुन्, जसले फिल्म ‘सम्हालिन्छ कहिले मन’बाट अभिनेताको रुपमा डेब्यू गरेका छन् । 
 
Sonam Topden And Min Bham
 
पहिलो चरणको अडिसनमा सोनम पहिलो नम्बरमा छनोट भए । फाइनल अडिसन भने कोरोनाका कारण रोकिएको थियो । अब केही हप्तामा निर्देशक भाम फाइनल चरणको अडिसन लिने तयारीमा छन् । भामका अनुसार, फाइनल चरणको अडिसनका लागि सोनमसहित दुईजना छानिएका छन् । तर, पहिलो नम्बरमा सोनम रहेकाले फिल्ममा उनकै सम्भावना बढी रहेको भाम बताउँछन् ।
 
‘सम्हालिन्छ कहिले मन’बाट सोनमले अभिनयमा गजबको वाहवाही बटुलेका छन् । उनको लोकप्रियता पनि चुलिएको छ । ‘चिसो वर्ष’मा उनी छनोट भए सोनमले अभिनयमा आफूलाई थप निखार्ने मौका पाउनेछन् । किनकि, मीनले उनलाई औसत अभियनको भरमा छुट दिने छैनन् । जुन सोनमका लागि एउटा पाठशाला बन्न सक्नेछ । सोनम पनि फिल्ममा आफू चयन हुनेमा विश्वस्त छन् । 
 
‘चिसो वर्ष’ले निर्माण अगावै ताइपेइ फिल्म कमिसन, टीआरटी १२ पुन्टो स्क्रिप्ट ल्याब, सिनेफन्डेसन रेसिडेन्स, बुसान फेस्टिभलबाट करोडौंको फन्ड जितिसकेको छ । फिल्मले एक तिब्बती महिलाले श्रीमान खोज्न गर्ने संघर्षको कथा भन्छ । उनी गर्भवती हुन्छिन् । श्रीमान् हराएपछि उनी बौद्ध भिक्षु कर्माको साथमा पतिको खोजिमा निस्किन्छिन् र यात्राकै क्रममा उनीहरुको जीवन बदलिन्छ ।