मिति : २०८१ पौष ४, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘ऐना झ्यालको पुतली’का निर्देशक बिडारीले सुर्खेतमा मास्टरक्लास दिने

फिल्मीखबर, काठमाडौं, 2022/10/20
sujit bidari
 
यस वर्षको समीक्षात्मक रुपमा अब्बल ठहरिएको फिल्म ‘ऐना झ्यालको पुतली’का लेखक, निर्देशक तथा निर्माता सुजित बिडारीले सुर्खेतमा मास्टरक्लास दिने भएका छन् । ११औँ ‘नेपाल युरोपेली युनियन चलचित्र महोत्सव’को अन्तिम दिन उनले फिल्मकर्मीलाई फिल्म मेकिङ सम्बन्धि क्लास दिने भएका हुन् । महोत्सव यस पटक काठमाडौँका साथै पहिलो पटक सुर्खेतमा हुन लागेको हो ।
 
कात्तिक १९ गते सुरु भएर २२ गते सकिने महोत्सवको अन्तिम दिन सुजितले मास्टरक्लासमा आफ्नो अनुभव बाँड्नेछन् । फिल्मको कथादेखि त्यसलाई खिच्ने तरिकासम्मको बारेमा वृहद् छलफल गरिने उनले बताए । उनले भने, ‘मास्टरक्लासमा मैले फिल्मको आइडियादेखि त्यसलाई कथा हुँदै पटकथामा कसरी रुपान्तरण गर्ने र दृश्यमा कसरी ढाल्ने भन्ने बारेमा आफ्नो अनुभव बाँड्नेछु ।’
 
सुर्खेतको मध्यपश्चिम विश्वविद्यालयको हलमा चार दिन चल्ने महोत्सवमा ५ युरोपियन र ३ नेपाली फिल्म प्रदर्शन हुनेछन् । ३ नेपाली फिल्ममा सुजित बिडारीको ‘ऐना झ्यालको पुतली’ पनि छ । सुजितले मास्टरक्लासको दौरानमा आफू निर्देशित ‘सावित्री’सँगै विश्व प्रसिद्ध सर्ट फिल्म पनि देखाउनेछन् । महोत्सव काठमाडौंमा भने कात्तिक ११ देखि १५ गतेसम्म चलचित्र विकास बोर्डमा हुनेछ । 
Most Visited News (monthly)