मिति : २०८१ कार्त्तिक १, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘महाजात्रा’मा ‘महापुरुष’की अञ्जना !

फिल्मीखबर, काठमाडौं, 2023/01/08

anjana baraili

 

निर्देशक प्रदीप भट्टराईलाई हिट मेशिन भन्दा अब अतिशयोक्ति नहोला । पहिलो फिल्म ‘जात्रा’बाट निर्देशनमा डेब्यू गरेका उनले ‘शत्रु गते’, ‘जात्रै जात्रा’ र प्रदर्शनरत ‘महापुरुष’ गरी चारवटा ब्लकबस्टर फिल्म दिइसकेका छन् । र, यी चारवटै फिल्मले प्रदर्शनको ५१औं दिन मनाएका छन् । अब प्रदीप पाँचौं फिल्मको तयारीमा जुटेका छन् । उनले ‘जात्रा’को तेस्रो सिक्वेल बनाउन लागेका हुन् ।

भट्टराईको लेखन तथा निर्देशन र रविन्द्र सिंह बानियाँको निर्माणमा फिल्म ‘महाजात्रा’ बन्न लागेको हो । यसै साता चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गराइएको छ । बोर्डबाट फिल्म निर्माणको इजाजतपत्र लिँदा निर्देशक, निर्माता, लेखक र कलाकारको नाम अनिवार्य खुलाउनु पर्ने नियमअनुरुप कलाकारमा निर्माण टिमले ‘महापुरुष’की अभिनेत्री अञ्जना बराइलीको नाम राखेको छ ।

‘जात्रा’को अघिल्ला दुई सिरिजमा अभिनेत्री वर्षा राउतको मुख्य भूमिका थियो । तेस्रो सिरिज दर्ता गर्दा अञ्जनाको नाम राखिएपछि उनले वर्षालाई रिप्लेस गरेको चर्चा चलेको छ । यद्यपि, यसबारेमा निर्माण टिमले केही खुलाएको छैन । स्रोतका अनुसार, बोर्डमा नाम दर्ता गर्दा कलाकार खुलाउनुपर्ने भएकाले मात्र अञ्जनाको नाम राखिएको हो । तर, फिल्ममा उनी हुने वा नहुने अनिश्चित छ ।

‘महापुरुष’बाट डेब्यू गरेकी अञ्जनाले अभिनयमा राम्रो सम्भावना देखाएकी छन् । तर, फिल्ममा नाम चलेका कलाकारहरुको ठूलो जत्था रहेकाले उनको खासै चर्चा हुन सकेन । ‘महाजात्रा’मा दुई/तीनजना अभिनेत्री रहने भएकाले अञ्जनाको सम्भावना पनि बलियो रहेको निकट स्रोत बताउँछ । यस फिल्ममा ‘जात्रा’ सिरिजका विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा दोहोरिने पक्का छ ।

Most Visited News (monthly)