मिति : २०८१ कार्त्तिक १३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

६ महिने मन्त्री बन्दैछिन् एलिजा ?

फिल्मीखबर, काठमाडौं, 2023/01/28

aliza gautam

 

टीकापुर घटनामा दोषी ठहर भएर आजीवन कारावासको कैद सजाय काटिरहेका पूर्व सांसद् रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा अभिनेत्री तथा मोडल एलिजा गौतम प्रवेश गरेकी छन् । शनिबार रुपन्देहीको भैरहवास्थित होटल दरबार ल्यानमा आयोजित कार्यक्रममा उनलाई पार्टीकी केन्द्रीय अध्यक्ष तथा संघीय सांसद् रञ्जिता श्रेष्ठले फूलमालासहित पार्टी प्रवेश गराएकी हुन् ।

अध्यक्ष रञ्जिताले गौतमलाई महत्त्वपूर्ण जिम्मेवारी दिने बताइन् । तर, एलिजालाई दिने जिम्मेवारी टुंगो नलागेको उनको भनाई छ । ६ महिने मन्त्री र उपाध्यक्ष पद पाउने सर्तमा उनी पार्टी प्रवेश गरेको चर्चा छ । सांसद् नभएको व्यक्ति पनि ६ महिनालाई मन्त्री बन्न पाउँछन् । अहिले नागरिक उन्मुक्ति पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर, सरकारमा भाग लिएको छैन ।

पार्टी प्रवेश गर्दै गौतमले भनेकी छन्, ‘यो पार्टीको उद्देश्य एकदमै राम्रो छ । पार्टीले बच्चादेखि वृद्धसम्मलाई समेटेको छ र पार्टीको कामबाट प्रभावित भएको थिएँ । मेरो उद्देश्यसँग पार्टीको उद्देश्य मिल्ने भएकाले पनि यो पार्टी रोजेकी हुँ । अब पार्टीको माध्यमबाट जनताको सेवामा खटिनेछु ।’ भुईं मान्छेका आवाजलाई बुलन्द बनाउनु आफ्नो र पार्टीको कर्तव्य रहेको पनि एलिजाको भनाई छ ।

सेलिब्रेटी पत्रकार ऋषी धमलाकी श्रीमती एलिजाले श्रीमानले निर्माण गरेको फिल्म ‘अनुराग’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । तर, पहिलो फिल्म नै असफल भयो । लकडाउनको समयमा म्यूजिक भिडियोमा उनको राम्रो व्यस्तता बढेको थियो । केही महिनाअघि उनले नयाँ फिल्म ‘घुइँचो’मा काम गर्ने सम्झौता पनि गरेकी थिइन् । तर, यो फिल्म अब निर्माण नहुने स्रोत बताउँछ ।

Most Visited News (monthly)