मिति : २०८१ पौष ८, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सुदर्शन र सुप्रियालाई पुत्रलाभ

फिल्मीखबर, काठमाडौं, 2023/02/19

sudarshan thapa

 

सफल निर्देशक सुदर्शन थापा र सञ्चारकर्मी तथा अभिनेत्री सुप्रिया कटुवाललाई पुत्रलाभ भएको छ । शनिबार पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा सुप्रियाले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । सुदर्शनले सन्तान र आमाको तस्विर फेसबुकमा पोस्ट गर्दै आफू पिता बनेको खुसी साटेका छन् । उनले छोराको नाम प्रियदर्शन राखेको पनि जानकारी गराएका छन् ।

२०७८ सालको असोजमा सुदर्शन र सुप्रिया विवाह बन्धनमा बाँधिएका थिए । विवाहअघि उनीहरु केही वर्ष प्रेम सम्बन्धमा थिए । ‘मेरो एउटा साथी छ’ फिल्मबाट निर्देशनमा होमिएका सुदर्शनले ‘रामकहानी’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘सम्हालिन्छ कहिले मन’ लगायतका फिल्मको निर्देशन गरेका छन् । करिब एक महिना अगाडि उनले फिल्म ‘प्रसाद २’को छायांकन सकाएका थिए ।

त्यस्तै, सुप्रिया केही वर्षयता एपिवान टेलिभिजनमा समाचार वाचिकाको रुपमा कार्यरत छिन् । उनले साम्तेन भुटियाद्वारा निर्देशित फिल्म ‘साढे सात’बाट अभिनेत्रीको रुपमा डेब्यू समेत गरेकी थिइन् । सुप्रियाले केही म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छन् । तर, फिल्म र म्यूजिक भिडियो कुनैमा उनको करिअर सुखद बन्न सकेन । यसैले उनले सञ्चारकर्मलाई नै प्राथमिकता दिएकी छन् ।

 

Most Visited News (monthly)