मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रभासदेखि अल्लू अर्जुनसम्मले कति बुझ्छन् पारिश्रमिक ?

एजेन्सी, मुम्बई, 2023/07/08

Prabhas Charges Leads With Whopping 100 Crores, Allu Arjun To Mahesh Babu -  South Stars & Their Mind-Boggling Salaries!

 

तेलुगू फिल्मले भारतको मूलधार मानिने बलिउडभन्दा ठूलो फड्को मारिसकेको छ । कुनै समय तेलुगू फिल्मलाई क्षेत्रीय भाषाको फिल्मको रुपमा मात्र हेरिन्थ्यो । तर, अहिले सबैभन्दा चासोको इन्डस्ट्री बनेको छ । भारतमै सर्वाधिक पखाई तेलुगू फिल्मको हुने गर्छ । र, कमाईमा पनि अब्बल बनिरहेको छ । तेलुगू फिल्मको बढ्दो बजारसँगै त्यहाँका अभिनेताहरुको पारिश्रमिक चुलिँदो छ ।

‘बाहुबली’ सिरिजपछि करिअरको उत्कर्षमा पुगेका प्रभास तेलुगू इन्डस्ट्रीका महंगा अभिनेतामध्ये एक हुन् । उनले सय करोडभन्दा कम पारिश्रमिकमा फिल्ममा काम गर्दैनन् । फिल्म ‘आदिपुरुष’मा उनले सय करोड बुझेका थिए । त्यस्तै, फिल्म ‘प्रोजेक्ट के’का लागि १५० करोड लिएका उनले प्रदर्शनको तयारीमा रहेको ‘सालार’को दुई भागका लागि तीन सय करोड बुझ्न लागेको चर्चा छ ।

त्यस्तै, अल्लू अर्जुनले एक फिल्मका लागि ६० करोड, महेश बाबूले ५५ करोड (निर्देशक एसएस राजामौलीको नयाँ फिल्ममा सय करोड पाउने चर्चा), पवन कल्याण र चिरञ्जीवीले ५० करोड, जूनियर एनटीआर र राम चरणले ४५ करोड, रवि तेजा, नानी, विजय देवराकोंडा र वेङ्कटेश दग्गुबातीले १५ करोड र राम पोथिनेनीले १० करोड पारिश्रमिक लिने गरेको भारतीय मिडियामा उल्लेख छ ।

तेलुगू इन्डस्ट्रीमा अभिनेताको तुलनामा अभिनेत्रीले पाउने पारिश्रमिक भने न्यून छ । श्रुति हासन र सामन्था प्रभुले ६ देखि ८ करोड, रश्मिका मन्दानाले ६ देखि १० करोड, पूजा हेगडेले ८ देखि १० करोड, अनुष्का शेट्टीले ६ देखि ८ करोड, तमन्ना भाटियाले ४ देखि ५ करोड, काजल अग्रवालले ३ देखि ४ करोड, कीर्ति सुरेशले ३ देखि ५ करोडसम्म एक फिल्मबापत पारिश्रमिक बुझ्ने गरेका छन् ।