मिति : २०८१ मंसिर १६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अमिताभलाई सुपरस्टार बनाएको त्यो फिल्म...

एजेन्सी, मुम्बई, 2023/07/22

Review of Zanjeer (1973 movie) - Ritvijam

 

कथा लेखनदेखि स्टारकास्टसम्मले फिल्मलाई हिट र फ्लप बनाउन ठूलो भूमिका खेल्छ । कुनै समय बलिउडमा स्टारलाई ध्यानमा राखेर कथा लेखिन्थ्यो । तर, ती स्टारले काम गर्न अस्वीकार गरेपछि निर्देशक/निर्माता अरु कलाकारलाई लिएर फिल्म बनाउन बाध्य हुन्थे । त्यस्ता धेरै फिल्म छन्, जुन पछि सुपरहिट भए । यसको एउटा उदाहरण अमिताभ बच्चन स्टारर फिल्म ‘जंजीर’ हो ।

यो फिल्मले अमिताभलाई एंग्री योङ म्यानको रुपमा पहिचान दियो भने स्टारडमको नयाँ उचाइँमा पुर्‍यायो । यही फिल्मले उनलाई सुपरस्टार बनाएको हो । फिल्ममा उनी इन्स्पेक्टर विजय खन्नाको भूमिकामा थिए । तर, उनी ‘जंजीर’का लागि पहिलो रोजाई भने थिएनन् । यो फिल्म उनको पोल्टामा भाग्यवस् परेको थियो । त्यसबेलाका सुपरस्टार राजकुमारलाई फिल्म अफर गरिएको थियो ।

राजकुमार मुडी स्वभावका थिए । इन्डस्ट्रीमा उनको अभिनयभन्दा बढी एटीट्यूडको चर्चा हुन्थ्यो । उनले ‘जंजीर’मा काम गर्न ठाडै अस्वीकार गरिदिए । यसपछि धर्मेन्द्र, देवानन्दसहित कयौं सुपरस्टारलाई निर्माता प्रकाश मेहराले फिल्म अफर गरे तर कसैले काम गर्न स्वीकार गरेनन् । यसपछि फिल्मका लेखकद्वय सलीम-जावेदले उक्त रोलका लागि मेहरलाई अमिताभ बच्चनको नाम सुझाए ।

‘जंजीर’ ९० लाखमा बनेर १७ करोड कमाई गरेको फिल्म हो । यो फिल्मभन्दा अगाडि अमिताभका १२ वटा फिल्म ‘ब्याक टू ब्याक’ असफल भएका थिए । जसले गर्दा उनीसँग ‘जंजीर’मा काम गर्न कुनै अभिनेत्री तयार थिएनन् । पछि जया काम गर्न राजी भइन् । यही फिल्ममा काम गर्ने क्रममा जया र अमिताभ प्रेम डुबेका थिए । र, फिल्म रिलिजको एक महिनापछि लगनगाँठो समेत कसे ।