मिति : २०८१ मंसिर १६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘जारी’को सक्सेस पार्टीमा दीपकराजको इन्ट्री

फिल्मीखबर, काठमाडौं, 2023/07/23

rambabu gurung and deepakraj giri

 

नेपाली फिल्म क्षेत्रमा दुई समुहको वर्चश्व छ । एउटा हो, दीपकराज गिरीको ‘छक्का पञ्जा’ समुह । र, अर्को हो, रामबाबु गुरुङको ‘कबड्डी’ समुह । यी दुई समुहले घरेलू बजारमा बलियो पकड बनाएका छन् । बक्स अफिसमा रेकर्डका पर्याय हुन् । दुवै समुहका फिल्मले फिल्म क्षेत्रलाई नै काँध थापेको अवस्था छ । दुई ठूला समुहबीच व्यापारिक प्रतिस्पर्धा रहेको पनि कसैबाट लुकेको छैन ।

अघिल्लो वर्ष फिल्म ‘कबड्डी ४’ले ‘छक्का पञ्जा’को सर्वाधिक कमाईको रेकर्ड तोड्दै इतिहास रच्यो । त्यसपछि यो रेकर्ड तोड्नुपर्ने दबाबमा दीपकराज समुह थियो । तर, गत वर्ष प्रदर्शित फिल्म ‘छक्का पञ्जा ४’ झन्डै ४ करोडले पछाडि पर्‍यो । बरु यो फिल्मलाई ‘कबड्डी’ समुहकै अर्को फिल्म ‘जारी’ले कमाईमा सानदार टक्कर दिएको छ । ‘छक्का पञ्जा ४’ ३५ लाखले मात्रै अगाडि रहेको छ ।

शनिबार ‘जारी’ले प्रदर्शनको सय दिन मनायो । साँझ सक्सेस पार्टी आयोजना गरिएको थियो । जहाँ प्रदर्शकदेखि रामबाबु समुहसँग नजिक फिल्मकर्मीहरुको उपस्थिति थियो । साँझ करिब साढे ७ बजेतिर सबैलाई ‘सरप्राइज’ दिँदै दीपकराज गिरी उपस्थित भए । दुई समुहबीच अघोषित शितयुद्ध रहेको चर्चा चलिरहेको बेलामा ‘जारी’को सक्सेस पार्टीमा दीपकराजको उपस्थिति अर्थपूर्ण थियो ।

दीपकराज पार्टीमा उपस्थित व्यक्तिहरुसँग हात मिलाएर अंकमाल गर्दै थिए । त्यतिक्कैमा उनी निर्देशक रामबाबु गुरुङसँग ठोकिए । दुवैले हार्दिकता देखाए । अंकमाल गर्दै दुवै केहीछिन गफिए । दीपकराज करिब २ घन्टा पार्टीमा बसेका थिए । ‘जारी’ समुहले ठूलो मन बनाएर निमन्त्रणा गर्नु र त्यसलाई स्वीकार गरेर दीपकराज गिरी पुग्नुले देखावटी नै भए पनि एकताको सन्देश दिएको छ ।