मिति : २०८१ मंसिर १६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अदृश्य’ ट्रेलरमा हत्या, हिंसा र बलात्कारको कथा

फिल्मीखबर, काठमाडौं, 2023/07/23

PRAMOD AGRAHARI

 

यही साउन १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अदृश्य’को ट्रेलर सार्वजनिक गरिएको छ । श्रृंखलाबद्ध हत्या र त्यसको अनुसन्धान गरिरहेको प्रहरीको वरिपरि ट्रेलर केन्द्रित छ । फिल्मले हत्या, हिंसा र बलात्कारको कथालाई उठान गरेको ट्रेलरले प्रष्ट्याउँछ । रोहित मानन्धर र रिस्ता बस्नेत प्रहरीको भूमिकामा छन् । प्रमोद अग्रहरीको चरित्र पनि प्रहरीसँग सम्बन्धित देखिन्छ ।

प्रल्हाद काफ्ले निर्देशित ‘अदृश्य’मा प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेतको पनि अभिनय छ । मिना बस्नेत र उमारुद्रा काफ्लेको निर्माण रहेको फिल्मको सह-निर्मातामा रविन अधिकारी र रिकेश खत्री छन् ।

पिताम्बर फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा उत्तम हुमागाईं र मोहन कुमार झिल्लुको छायांकन, बनिश शाहको सम्पादन, राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पार्श्व संगीत र निशान घिमिरेको कलर छ । ‘अदृश्य’को प्रोडक्सन म्यानेजरमा प्रकाश बुढाथोकी र दिलिप पन्त रहेका छन् ।