मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अपेक्षाकृत भएन रणवीर-आलियाको फिल्मको ओपनिङ

एजेन्सी, मुम्बई, 2023/07/29

Rocky Aur Rani Ki Prem Kahani Box Office Prediction Day 1: Ranveer-Alia's Love Saga to Get Double-Digit Opening - Check Detailed Report

हलिउडको तीन ठूला फिल्म ‘मिशन इम्पोसिबल ७’, ‘ओपेनहाइमर’ र ‘बार्बी’को बक्सअफिसमा दबदबाबीच शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड निर्देशक करण जोहरद्वारा निर्देशित पारिवारिक-लभस्टोरी फिल्म ‘रकी र रानीकी प्रेम कहानी’लाई प्रक्षेपणभन्दा कम ओपनिङ मिलेको छ । १५ करोडमाथिको ओपनिङ प्रक्षेपण गरिएकोमा फिल्मले पहिलो दिन ११ करोड १० मात्र जोडेको छ ।

ट्रेड एनालिस्ट तरण आदर्श लेख्छन्, ‘पहिलो दिन फिल्मले दोहोरो अंक प्राप्त गरेको छ । तर, पहिलो दिनको कमाई असन्तुलित छ । कमाईमा मल्टीप्लेक्सहरुको योगदान भने राम्रो छ । प्रदर्शनको दोस्रो र तेस्रो दिन (शनिबार र आइतबार) कमाईमा ठोस वृद्धि देखिन आवश्यक छ ।’ तरणले ‘रकी र रानीकी प्रेम कहानी’लाई ४ रेटिङ दिँदै पूर्ण प्याकेजको मनोरञ्जनात्मक फिल्म भनेका छन् ।

‘कुछ कुछ होता है’, ‘कभी खुशी कभी गम’, ‘कभी अलविदा ना कहना’, ‘माई नेम इज खान’ जस्ता यादगार फिल्मको निर्देशन तथा निर्माण गरिसकेका करण जोहरले ७ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन् । यसकारण पनि यो फिल्मप्रति अपेक्षा उच्च थियो । फिल्मलाई समीक्षक तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । यसको प्रभाव बक्सअफिसमा पर्ने विश्लेषण गरिएको छ ।

‘रकी र रानीकी प्रेम कहानी’को कथा रणवीर सिंह र आलिया भट्टमा केन्द्रित छ । धर्मेन्द्र, शबाना आजमी, जया बच्चन, रोनित रोय, तोता रोय चौधरीले पनि फिल्ममा मुख्य भूमिका निर्वाह गरेका छन् । निर्माण र प्रचारसहित १ सय ६० करोड खर्च भएको फिल्मले लगानी सुरक्षित गर्न झण्डै २ सय करोडको व्यापार गर्न जरुरी छ । निर्देशक जोहरले ठूलो क्यानभासमा फिल्म तयार पारेका छन् ।