मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अगस्त्य’को विदेशमा २५ सयभन्दा बढी शो हुने

फिल्मीखबर, काठमाडौं, 2023/08/03

agastya movie

 

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्म ‘अगस्त्य : भाग एक’को छायांकन सकिसकेको छैन । पहिलो चरणको छायांकन (४५ प्रतिशत) सकेर निर्माण टिमले केही हप्ताको विश्राम लिएको छ । आगामी भदौबाट दोस्रो चरणको बाँकी छायांकन सुरु हुन लागेको यो फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराललगायतको मुख्य भूमिका रहेको छ ।

यसबीच, फिल्मको छायांकन नसकिँदै ओभरसिज राइट्स बिक्री भएको छ । सेभेन सिज कम्पनीले ‘अगस्त्य’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको हो । यो कम्पनीले यसअघि फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को पनि विदेश राइट्स खरिद गरेको थियो । बिहीबार फिल्म निर्माण कम्पनी डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिजबीच अन्तर्राष्ट्रिय रिलिजसम्बन्धी सम्झौतामा हस्ताक्षर भयो ।

डार्क हर्सद्वारा जारी विज्ञप्तिमा अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरुमा ७ सय ५० शोमा फिल्म रिलिज हुने जनाइएको छ । यो सम्झौता फिल्म उद्योगको लागि नै सकारात्मक पाटो रहेको कम्पनीको विश्वास छ ।

 

agastya movie



दोस्रो चरणको छायांकनपछि फिल्मको प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निमाण टिम रहेको छ । नेपालकै मितिमा विदेशमा पनि फिल्म प्रदर्शन हुनेछ । प्रकाश मल्ल, अनिष तामाङ र विश्वप्रकाश गौचन निर्माता रहेको फिल्मको छायाँकार सञ्जय लामा हुन् । दुई च्याप्टरमा बन्ने ‘अगस्त्य’को दुवै श्रृंखलाको कथा निर्देशक चौधरीले लेखिसकेका छन् । फिल्म एक्सन-लभस्टोरी कथामा बनेको छ ।