मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

शशि कपूरका छोरा करण, जो हिरोमा चलेनन्

फिल्मीखबर, काठमाडौं, 2023/08/05

Shashi Kapoor and Karan Kapoor

 

कपूर खानदानले बलिउडमा दशकौंदेखि राज गरिरहेको छन् । ६० को दशकका सुपरस्टार पृथ्वीराज कपूरपछि अहिले बलिउडमा यो परिवारको चौंथो पुस्ता सक्रिय छ । राज कपूर, ऋषि कपूर, रणधीर कपूर, शशि कपूर, शम्मी कपूर हुँदै करीना कपूर, रणबीर कपूरले समेत बलिउडमा गर्विलो उपस्थिति जनाएका छन् । आफ्नो दमदार अभिनय र गुड लुक्सले उनीहरु सधैं चर्चामा रहन्छन् ।

तर, यो परिवारका केही सन्तान यस्ता पनि छन्, जसलाई दर्शकले रुचाएनन् । त्यसमध्ये एक हुन्, ६०/७० को दशकका सुपरस्टार शशि कपूरका छोरा करण कपूर । उनले बलिउडमा आफ्नो करिअर बनाउन खोजेको भए पनि सफलता पाउन सकेनन् । अन्ततः उनले अभिनयबाटै विदा लिए । यसको प्रमुख कारण उनको विदेशी लुक्सलाई मानिन्छ । उनको लुक्स आमासँग दुरुस्तै मिल्थ्यो ।

शशि कपूरले सन् १९५८ मा बेलायती अभिनेत्री जेनिफर केन्डलसँग विवाह गरेका थिए । उनीहरुबाट कुणाल कपूर, करण कपूर र सञ्जना कपूर गरी तीन सन्तान भएका थिए । शशि कपूर बलिउडका ठूला सुपरस्टार थिए । उनको बेग्लै चार्म थियो । तर, उनका छोरा करणको भने बलिउड यात्रा सुखद रहन सकेन । पिताको नामका कारण उनले फिल्म त पाए तर सफलताबाट विमुख भए ।

शशि कपूर आफैंले निर्माण गरेको फिल्म ‘जुनून’बाट करणले बलिउडमा डेब्यू गरेका थिए, जुन सन् १९७८ मा रिलिज भएको थियो । यो फिल्मलाई समीक्षकले रुचाएका थिए । यसपछि उनले ‘सल्तनत’, ‘लोहा’ र ‘अफसर’ फिल्ममा काम गरे । तर, यी कुनै फिल्म सफल भएनन् । यसपछि करणले फिल्मबाट नाता नै तोडिदिए । अहिले उनी विश्वका प्रख्यात फोटोग्राफरको रुपमा परिचित छन् ।