मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुलक्षणलाई देउजाले दिए कानुनी उपचार खोज्ने चेतावनी

फिल्मीखबर, काठमाडौं, 2023/08/08

 Gyanendra Deuja and Sulakshyan Bharati

 

आगामी भदौमा निर्माणको तयारीमा रहेको फिल्म ‘उपहार’ स्क्रिप्ट विवादमा तानिएको छ । सुलक्षण भारतीले आफ्नो कथामा बिना अनुमति अर्कै लेखकबाट पटकथा तयार गरेर फिल्म निर्माण हुन लागेको भन्दै सामाजिक सञ्जालमा आपत्ति जनाएपछि फिल्मको विवाद सतहमा आएको हो । र, फेसबुकमा फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा र भारतीबीच आरोप-प्रत्यारोपको जुहारी चलेको छ ।

सुलक्षणले प्रमाणको रुपमा निर्देशकलाई इमेलमा पठाएको स्क्रिप्टदेखि फिल्मकी निर्मात्री तथा अभिनेत्री रेखा थापासँगको व्हाट्सएप च्याटसम्मको स्क्रिनसट फेसबुकमा सार्वजनिक गरिसकेका छन् । विवादले ठूलो रुप लिन थालेपछि निर्देशक देउजाले मंगलबार फेसबुकमा एक स्टाटस लेख्दै लेखक भारतीलाई क्षतिपुर्ति तथा मानहानीविरुद्ध कानुनी उपचार खोज्न सक्ने चेतावनी दिएका छन् ।

 

Gyanendra Deuja

 

ज्ञानेन्द्रले सबुत प्रमाणको आधारमा कानुनी उपचार खोज्न समेत चुनौती दिएका छन् । ‘अन्यथा करार सम्झौता बमोजिम, प्रोजेक्टको गोपनियता भंग भएको, प्रोजेक्ट ढिलाई भएबापतको क्षतिपुर्ति तथा मानहानीविरुद्धमा हामीले कानुनी उपचार खोज्नुपर्ने हुन्छ,’ उनी लेख्छन् । सुरुमा फिल्मको स्क्रिप्ट लेखनको जिम्मा सुलक्षणलाई दिइएको थियो । पछि अभिमन्यू निरवीले स्क्रिप्ट तयार पारेका हुन् ।

सुलक्षणले मे १८ (फर्स्ट डाफ्ट), अप्रिल २ (स्क्रिप्ट रिभाइज्ड) र अप्रिल ४ (रि-राइटसहित सेकेन्ड ड्राफ्ट)मा गरी तीनपटक निर्देशक देउजालाई स्क्रिप्ट इमेल गरेको उनले फेसबुकमा राखेको स्क्रिनसटबाट देखिन्छ । उनले दुईवटा ड्राफ्टमा आफूले काम गरेको उल्लेख गरेका छन् । उनले लेखेको कथाको नाम ‘फल्स सिलिङ’ थियो । लेखक हेरफेरसँगै फिल्मको नाम ‘उपहार’ राखिएको छ ।