मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशक रोजेर फिल्म गर्ने औकात मेरो छैन : माओत्से गुरुङ

फिल्मीखबर, काठमाडौं, 2023/08/10

Maotse Gurung

 

रंगमञ्च र फिल्ममा गर्विलो नाम बनाएका कलाकार माओत्से गुरुङले पोखरामै बसेर अभिनयलाई निरन्तरता दिँदै आइरहेका छन् । हरेक फिल्ममा अभिनयको प्रशंसा बटुल्दै आएका उनले मुख्य भूमिकामा काम गरेको नयाँ फिल्म ‘जय हो’ आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा उनले दोर्जेको क्यारेक्टर निभाएका छन् । उनलाई यो क्यारेक्टर आफ्नो चरित्रसँग मिलेको लाग्छ ।

केही दिनअघि पत्रकार भेटघाटमा गुरुङले भनेका थिए, ‘विशेषगरी उमेर ढल्केर पनि विवाह हुन सकेको छैन र विवाहको रमाइलो क्षण कैद गर्न पोखराबाट एकजना फोटोग्राफर लिएर ऊ मुस्ताङ गएको छ । त्यो फोटोग्राफरसँगै अरु पात्रहरु कसरी आउँछन् र दोर्जेको विवाहसम्म कस्तो खालको घटनाहरु घट्छन् भन्ने रमाइलो कथा छ । दोर्जेको क्यारेक्टर मेरो जीवनसँग पनि मिलेको छ ।’

उनको पहिलो विवाह २४ वर्षको उमेरमा भएको रहेछ । तर, विवाह लामो समय टिक्न सकेन । दोस्रो विवाह भने उनले उमेर अलि ढल्केपछि गरेका थिए । यसैले उनलाई दोर्जे क्यारेक्टर आफ्नो जीवनसँग मिलेको लाग्छ । रमाइलो गरिरहनुपर्ने दोर्जे क्यारेक्टरको स्वभाव पनि आफूसँग धेरै हदसम्म मिल्ने माओत्सेको अनुभव छ । आफ्नो क्यारेक्टर दर्शकलाई रमाइलो लाग्ने उनको विश्वास छ ।

फिल्ममा आफ्नो उपस्थिति कस्तो रहन्छ भन्ने मात्र आफूले हेर्ने गरेको बताउँदै उनले निर्देशक रोजेर काम गर्ने औकातको कलाकार आफू नरहेको बताए । ‘मैले फिल्म गर्दा हेर्ने भनेको मेरो उपस्थिति कस्तो रहन्छ भन्ने हो । चाहे एक सिन नै किन नहोस्, मेरो त्यहाँ अर्थ कति रहन्छ भनेर खोज्छु,’ गुरुङ भन्छन्, ‘निर्देशक रोजेर अभिनय गर्ने भन्ने चाहिँ हुँदैन । त्यो औकातको कलाकार म होइन ।’