मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जहाँ भुवन, त्यहाँ जीया

फिल्मीखबर, काठमाडौं, 2023/08/13

bhuwan kc and jiya kc

 

कानुनी रुपमा श्रीमान्-श्रीमती भैसकेका छन्, भुवन केसी र जीया केसी । तर, उनीहरु एउटै घरको छतमुनी बस्न थालेको भने एक दशकभन्दा बढी भैसकेको छ । अर्थात् यो जोडी लिभिङ टुगेदरमा छन् । कुनै बेला ‘भुवनसँग विवाह गर्न तयार छु’ भन्ने अभिव्यक्ति दिएकी जीया अहिले भुवनको जीवनको साहरा बनेकी छन् । भुवनका हरेक उतार-चढावमा उनी सतिसालझैँ उभिने गरेकी छन् ।

भुवनले निर्माण तथा निर्देशन गर्ने फिल्ममा जीयाले नै अभिनेत्री खोजिदिन्छिन् । साम्राज्ञी आरएल शाह, उपासना सिंह ठकुरी उनकै सिफारिसमा फिल्ममा जोडिएका थिए । भुवनको आलोचना हुँदा उनी बचाउमा उत्रिन्छन् । उनलाई अनमोल केसीको आलोचना पनि सैह्य हुँदैन । भुवनसँग जोडिएपछि अभिनय नै छाडेकी उनले विवाह नभए पनि भुवनको घर र जीवन सम्हाल्दै आएकी छन् ।

भुवन पनि कहीँ जाँदा जीयाको साथ छाड्दैनन् । देश तथा विदेशमा हुने कार्यक्रममा उनीहरु प्रायः एकसाथ पुग्छन् । कहिले काहिँ भुवनले जीयालाई आफू अध्यक्ष रहेको चलचित्र विकास बोर्डमा समेत लैजाने गरेका छन् । यतिबेला एक अवार्डमा सहभागी हुन यो जोडी अमेरिकाको न्यूयोर्कमा छन् । साथमा अनमोल पनि छन् । आयोजकको खर्चमा उनीहरुको भने ‘फेमिली टुर’ भैरहेको छ ।

लामो समय सम्बन्ध ढाकछोप गरेका भुवन र जीयाले अचेल निर्धक्क प्रेम अभिव्यक्त गरिरहेका हुन्छन् । जीयाको टिकटकमा समेत भुवनलाई देख्न पाइन्छ । गत वर्ष एक अन्तर्वार्तामा भुवनले जीयासँगको सम्बन्धलाई निर्णायक मोड दिने योजनामा रहेको बताएका थिए । उनको आशय अब जीयासँग विवाह बन्धनमा बाँधिने भन्ने थियो । यसअघि अभिनेता केसीको दुई बिहे टिक्न सकेको थिएन ।