मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीयाले चढिन् अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारो

फिल्मीखबर, काठमाडौं, 2023/08/13

Deeya Pun

 

अभिनेत्री दीया पुनले सफलतापूर्वक अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको आरोहण गरेकी छन् । आइतबार बिहान ठीक साढे ७ बजे उनी हिमालको चुचुरोमा पुगेकी हुन् । ५ हजार ८ सय ९५ मिटर (१९ हजार ३४१ फिट) अग्लो उक्त हिमालको चुचुरोमा पुगेपछि उनले नेपालको झण्डा फहराएकी थिइन् । उनले आफ्नो अर्को सपना पूरा भएको भन्दै खुसी व्यक्त गरेकी छन् ।

दीयाले पहिलो पटक हिमाल चढेकी भने होइनन् । गत वर्षको जेठमा संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी उनले त्यसअघि विश्वकै आठौँ अग्लो मनास्लु हिमाल (८ हजार १ सय ६३ मिटर) चढेकी थिइन् । अर्जेन्टिनास्थित ६ हजार ९ सय ६१ मिटर अग्लो हिमाल अकोनकागुवाको समेत उनले आरोहण गरिसकेकी छन् । हिमाल आरोहण उनको रुचि हो ।

फिल्म ‘वीर विक्रम’बाट अभिनेत्रीको रुपमा सुखद डेब्यू गरेकी दीयाको यस वर्षको असार ८ गते फिल्म ‘अन्तिम संस्कार’ प्रदर्शनमा आएको थियो । उनले कोरोना महामारीभन्दा अगाडि काम गरेको फिल्म ‘दयारानी’ भने प्रदर्शनको पखाईमा छ । उनले नयाँ फिल्म सम्झौता गरेकी छैनन् । यूकेमा हुर्के-बढेकी उनी पेशाले नर्स हुन् । दीयाको लक्ष्य सातै महादेशका अग्ला हिमाल आरोहण गर्नु छ ।