मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रामबाबुको ‘डिग्री माइला’ आगामी नयाँ वर्षमा

फिल्मीखबर, काठमाडौं, 2023/08/14

digri maila

 

‘कबड्डी ४’ र ‘जारी’ फिल्मको सफलतापछि निर्देशक रामबाबु गुरुङ नयाँ फिल्मको तयारीमा जुटेका छन् । उनले सोमबार आफ्नो निर्देशन रहने फिल्म ‘डिग्री माइला : म थर्ड क्लास’को थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेका छन् । साथै, आगामी नयाँ वर्ष २०८१ लाई फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा फिल्मको निर्माण हुनेछ ।

२०७१ सालमा मण्डला थिएटरमा तीनपटक मञ्चन भएको ‘डिग्री माइला’ नाटकको आइडियामा रहेर फिल्म बन्न लागेको हो । उक्त नाटकलाई अभिनेता दयाहाङ राईले निर्देशन गरेका थिए । फिल्ममा भने उनी मुख्य भूमिकामा देखिने चर्चा छ । तर, अहिलेसम्म कलाकारको ‘लाइनअप’ घोषणा गरिएको छैन । असोजमा पहिलो सेड्युल र मंसिरमा दोस्रो सेड्युलमा फिल्मको छायांकन हुनेछ ।

शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको चरम निराशामा आधारित भएर फिल्म बन्नेछ । नाटकले पनि यही विषय उठाएको थियो । कमेडी जनरामा बन्न लागेको फिल्मको ट्यागलाइन ‘किन चाउरियो मरिच, आफ्नै रागले’ राखिएको छ । निर्देशक गुरुङले ‘डिग्री माइला’ प्रदर्शनमा आएपछि ‘कबड्डी ५’को निर्माण थाल्ने चर्चा छ । उनले पछिल्लोपटक फिल्म ‘फूलबारी’को निर्देशन गरेका थिए ।