मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

अनमोल केसी : अभिनय कच्चा तर अवार्ड पक्का

फिल्मीखबर, काठमाडौं, 2023/08/14

नेपाली फिल्म अवार्डको महत्त्व र गरिमा स्खलित हुँदै गइरहेको छ । विगतमा अवार्ड लिने र दिने दुवैको गर्वले ढक्क छाती फुल्थ्यो । अहिले अवार्ड पाउँदा देखाउन र भन्न लाज हुने स्थिति आएको छ । न अवार्ड पाउनेलाई पाउनुको कारण थाहा हुन्छ न दिनेलाई दिनुको कारण । सिर्फ बाँड्नका लागि अवार्ड कार्यक्रम आयोजना भैरहेका छन् । तर पनि न अवार्ड थाप्ने घटेका छन् न त बाँड्ने ।

आजभोली अवार्ड काम र योगदानको मुल्यांकनको आधारमा नभइ लोकप्रियताको आधारमा बढी बाँडिन्छ । यसको एउटा दृष्टान्त हो, आइतबार अमेरिकामा भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ । त्यहाँ अनमोल केसीले ‘स्टार अफ दि इयर’को अवार्ड पाए । यो अवार्डलाई उत्कृष्ट अभिनेतातर्फ भनेर ब्याख्या गरिएको छ । अर्थात् चर्चा र अभिनय दुवै आधारमा उनलाई अवार्ड सुम्पिएको हो ।

 

anmol kc


अघिल्ला वर्षहरुमा पनि अनमोलले धेरैपटक यो विधाको अवार्ड जितिसकेकाले कोही ‘सरप्राइज’ नहुन सक्छन् । तर, उनले अवार्ड पाएपछि ट्रोल बनिरहेको छ । अवार्डको आलोचना भैरहेको छ । यसको एउटै कारण हो, अनमोलले करिअरको सुरुवाती दिनदेखि अभिनयको आलोचना खेप्दै आएका छन् । तर, त्यसले उनलाई अवार्ड पाउन रोकेको छैन । वर्षेनि उनको घरमा अवार्ड भित्रिन्छ ।

रोचक पक्ष चाहिँ के छ भने ‘ग्लोबल फिल्म अवार्ड’मा गएर अनमोल खाली हात फर्केको रेकर्ड छैन । २०७४ र २०७६ सालमा पनि उनले यही कार्यक्रममा अवार्ड जितेका थिए । त्यसो त अवार्ड नपाउने कार्यक्रममा उनी उपस्थिति जनाउँदैनन् । चाहे नेपालमा होस् वा विदेशमा । उनी उपस्थित भएपछि उत्कृष्ट अभिनेता वा अरु कुनै शीर्षकको अवार्ड ‘स्योर सट’ पाउँछन् । यो देखिएकै कुरा हो ।

अनमोल उपस्थित हुँदा मिडियामा अवार्डको चर्चा हुन्छ । किनकि, उनी अहिलेका स्टार हुन् । त्यसैले उनलाई खाली हात फर्काउन आयोजकले चाहँदैनन् । बरु आलोचना नै किन नहोस् । यसको मतलब अनमोलको कामप्रति इमानदारिता छैन भन्ने होइन । उनी चरित्र निर्माणमा पर्याप्त मिहेनत गर्छन् । तर, करिअरको झण्डै १० वर्षको अवधिमा पनि अभिनयमा उनको कच्चापन ज्यूँकात्यूँ छ ।