मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गणपति’ ट्रेलरमा भगवान् ठानेको बच्चा राक्षस बन्ने कथा

फिल्मीखबर, काठमाडौं, 2023/08/15

Mukun Bhusal

 

आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेका दुई फिल्म ‘ऐंचो पैंचो’ र ‘गणपति’बीच प्रचार सामाग्री सार्वजनिक गर्न प्रतिस्पर्धा नै चलिरहेको छ । एक महिनाअघि एकै दिनमा एउटाको गीत र अर्कोको टिजर सार्वजनिक गरिएको थियो । यसपटक एकदिनको अन्तरमा यी दुई फिल्मको ट्रेलर सार्वजनिक भएका छन् । सोमबार ‘ऐंचो पैंचो’ र मंगलबार ‘गणपति’को ट्रेलर सार्वजनिक गरियो ।

‘गणपति’को ट्रेलरमा एक दम्पतीलाई भगवान् गणेशको स्वरुपजस्तो पुत्रलाभ भएपछि आउने उतार-चढावलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा एउटा संवाद छ, ‘यो बच्चा भगवान् भएर जन्मिए पनि राक्षसै भएर निस्कन्छ ।’ यसले फिल्मको कथासार प्रष्ट्याउने प्रयास गरेको छ । ट्रेलर अभिनेता मुकुन भुषालको वरिपरि घुमेको छ । उनको बाल्यावस्थादेखि युवाअवस्थासम्मलाई चित्रण गरिएको छ ।

सबिन अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्ममा मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, प्रकाश घिमिरे, सुशील पोखरेल, स्व. जयनन्द लामा, पुस्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु राना आदिको पनि अभिनय रहेको छ । ‘गणपति’को प्रस्तुतकर्तामा रामप्रसाद रिजाल छन् । उनले फिल्मको निर्माण सम्पन्न भैसकेपछि सम्पूर्ण अधिकार लिएका हुन् ।

फिल्मको निर्मातामा लक्ष्मण रिजाल, कार्यकारी निर्माता बिज्ञान केसी र अर्विन्द्र गिरी र सह-निर्मातामा बनिष शाह छन् । हरिबहादुर घलेको छायांकन रहेको फिल्मका गीतमा अनिश अधिकारी, शंकर अधिकारी, देबेन्द्र बब्लुु, बाबुल गिरी र सविन अधिकारीको शब्द रचना तथा अनिश अधिकारीको संगीत छ । विपिन मल्लले सम्पादन गरेको फिल्मको कोरियोग्राफर कविराज गहतराज हुन् ।