मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

‘ड्रिम गर्ल २’ र ‘घूमर’ लिएर विदेशी फिल्म वितरणमा छिरे गोविन्द शाही

फिल्मीखबर, काठमाडौं, 2023/08/16

Gobinda Shahi

 

कुनै समयका हिरो र अहिलेका निर्माता तथा वितरक गोविन्द शाहीले अब विदेशी फिल्म वितरणमा हात हालेका छन् । करिब दुई दशकदेखि नेपाली फिल्म वितरणमा सीमित रहेका उनले दुई बलिउड फिल्म ‘ड्रिम गर्ल २’ र ‘घूमर’को नेपाल प्रदर्शन अधिकार लिँदै विदेशी फिल्म वितरणमा आफ्नो कदम राखेका हुन् । दुवै फिल्म एक हप्ताको अन्तरमा भारतसँगै नेपालमा प्रदर्शन हुँदैछन् ।

आगामी अगस्ट २५ तारिखमा प्रदर्शनमा आउन लागेको ‘ड्रिम गर्ल २’मा आयुष्मान खुराना, अनन्या पाण्डे, अन्नु कपुर, परेश रावल, अभिषेक बनर्जी, विजय राज, राजपाल यादव, मनोज जोशी र सिमा पौवालगायतको अभिनय छ । राज सान्डियालद्वारा निर्देशित यो फिल्मकी निर्माता एकता कपुर हुन् । सन् २०१९ मा आएको पहिलो ‘ड्रिम गर्ल’ले नेपाली बक्स अफिसमा राम्रै कमाई गरेको थियो ।

त्यस्तै, यही शुक्रबारबाट प्रदर्शन हुन लागेको आर. बाल्कीद्वारा निर्देशित ‘घूमर’मा सावाना आज्मी, अभिषेक बच्चन, सायमी खेर र अंगद वेदीको मुख्य भूमिका छ । वितरक शाही दुवै फिल्मले नेपालमा सुखद प्रदर्शन गर्नेमा विश्वस्त छन् । विदेशी फिल्म वितरणमा जोखिम र अवसर दुवै हुन्छ । एक हिसाबले फिल्म वितरण अँध्यारोमा तीर हान्नुजस्तै हो । नतिजा राम्रो/नराम्रो दुवै आउन सक्छ ।