मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘एक भगवत् गीता’ले भदौ २९ छाडेको हो ?

फिल्मीखबर, काठमाडौं, 2023/08/17

वर्षातको मौसम भएकाले असार र साउनमा खासै फिल्म प्रदर्शनमा आउँदैनन् । यसपालि पनि यस्तै भयो । यी दुई महिनामा आधा दर्जन फिल्म पनि प्रदर्शन भएनन् । तर, आगामी भदौमा फिल्मको बाढी छ । एकै मितिमा दुईटासम्म फिल्म भिड्दैछन्, भदौ चौंथो हप्ताबाहेक । यो हप्ता भने नेपाली निर्माताले बलिउड सुपरस्टार साहरुख खानको फिल्म ‘जवान’लाई एकलौटी छाडिदिएका छन् ।

आगामी भदौ २९ मा यो वर्षको अर्को ठूलो भिडन्त हुँदैछ । फिल्म क्षेत्रले नै नजर टिकाएको दुई फिल्म ‘एक भगवत् गीता’ र ‘नाङ्गो गाउँ’ एकसाथ प्रदर्शन हुँदैछन् । तर, यतिबेला ‘एक भगवत् गीता’ले भदौ २९ गते छाडेको चर्चा चलिरहेको छ । अघिल्लो हप्तासम्म छायांकन भएकाले पनि निर्धारित मितिमा रिलिजको सम्भावना धेरैले कम देखेका छन् । निर्माण टिमले प्रचार पनि चर्काएको छैन ।

 

Bipin Karki


तर, निर्माता सुनिल कुमार थापा फिल्म निर्धारित मितिमै प्रदर्शन हुने दाबी गर्छन् । उनी एकपटक प्रदर्शन मिति हेरफेर गर्ने कि भन्ने मनस्थितिमा भने पुगेका थिए । एक हप्ताअघि आउने ठूलो हिन्दी फिल्म र भदौ २९ मा अर्को नेपाली फिल्मसँग भिड्नुभन्दा आफ्नो फिल्मलाई पछाडि सार्ने विषयमा उनले वितरकसँग छलफल गरेका थिए । तर, अब फिल्मले भदौ २९ नछाड्ने निश्चित भएको छ ।

‘एकपटक चाहिँ म फिल्म नजुधाउँ कि भन्ने सोचमा पुगेको थिएँ । तर, अरु महिनामा पनि डेट खाली नभएकाले भदौ २९ मै रिलिज गर्न उचित देख्यौं । यो हप्ताबाट प्रचारलाई तीव्र बनाउँदै लान्छौं,’ थापाले भने । करिब एक महिनाअघि सार्वजनिक भएको फिल्मको टिजरले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । टिजरमा अभिनेता विपिन कार्की ‘ट्रान्सजेन्डर वुमन’को भूमिकामा देखिएका छन् ।

झरना थापाको रहेको फिल्ममा विपिनसँगै सुहाना थापा, धिरज मगर, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरलगायतको पनि अभिनय छ । फिल्मको कथा निर्देशक थापा स्वयंको हो भने उनीसँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा छ । फिल्ममा परिक्षेद र पुरुषोत्तमको संवाद लेखन छ ।