मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शोभितको शैली : परिवारलाई नै उतारे ‘जय हो’को प्रचारमा

फिल्मीखबर, काठमाडौं, 2023/08/18

निर्देशक शोभित बस्नेतले निर्माण गरेको फिल्म ‘जय हो’ यही भदौ ८ गतेबाट प्रदर्शनमा आउँदैछ । आफ्ना हरेक फिल्मको प्रचारमा साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्ने उनले यसपटक पनि कुनै कसर छाडेका छैनन् । अब उनले फिल्मको प्रचारमा छोरी सलिना बस्नेत र बुहारी करिश्मा केसीलाई समेत अगाडि सारेका छन् । त्यसो त उनीहरुले टिकटकमार्फत् फिल्मको प्रचार गरिरहेकै थिए ।

 

basnet failmy


शुक्रबार चुच्चेपाटीस्थित मनास्लु कलेजमा फिल्मको प्रचार गर्न निर्देशक बस्नेत छोरा तथा अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीसँगै छोरी र बुहारीलाई पनि साथमा लिएर पुगेका थिए । उनीहरुले कलेजका विद्यार्थीहरुलाई फिल्म हेर्न आग्रह गरे । सो अवसरमा सलोनले ‘जय हो’मा समावेश आफ्नै शब्द, संगीत तथा स्वरमा रहेको ‘सपनाको वेडिङ्ग’ गीत समेत गाएर सुनाएका थिए ।

सलिना अष्ट्रेलिया बस्छिन् । फिल्मको प्रचारकै खातिर छोरी नेपाल आएको शोभित बताउँछन् । त्यस्तै, एयर होस्टेस रहेकी करिश्मा अबको केही दिन प्रचारमा हिँड्ने बताइएको छ । शोभितका भाई तथा कलाकार जयकिशन बस्नेत पनि फिल्मको गीतमा टिकटक बनाउनेदेखि अन्तर्वार्तामा फिल्मबारे बोल्दै हिँडिरहेका छन् । अर्थात्, शोभितले ‘जय हो’को प्रचारमा परिवारलाई नै उतारेका छन् ।

 

keki adhikari


टेक पौरखी राई निर्देशित फिल्ममा सुरज ल्वागन (सरकार) र राज के अधिकारीको संयुक्त लगानी छ । सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको फिल्ममा केकी र सलोनका अलावा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय छ । यसमा सुरेश न्यौपानेको लेखन, सौरभ लामाको छायांकन, सम्राट बस्नेतको द्वन्द्व र बनिश शाहको सम्पादन छ ।