मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मुम्बईको ट्राफिक जाममा गोविन्दासँग नीतिको संवाद

फिल्मीखबर, काठमाडौं, 2023/08/19

niti shah and govinda

 

भेट दुई कारणले हुने गर्छ, संयोग र योजनाबद्ध । योजनाबद्ध भेट कुनै उद्देश्यका लागि हुन्छ । संयोगमा भएको भेट स्मरणीय बन्छ । यस्तै संयोगपूर्ण भेट भएको छ, अभिनेत्री बन्ने तरखरमा रहेकी मोडल नीति शाहको बलिउड सुपरस्टार गोविन्दासँग । त्यो पनि ट्राफिक जाममा । त्यो पनि नेपालमा होइन, स्वप्न नगरी भारतको मुम्बईमा । दुवैले ट्राफिक जाममै ‘कार टू कार’ संवाद समेत गरे ।

नीतिले इन्स्टाग्राममा गोविन्दासँग मुम्बईको ट्राफिकमा भएको भेटको तस्बिर राखेकी छन् । तस्बिरमा गोविन्दाले गाडीको सिसा तल झारेर मुस्कुराएका छन् । नीतिले आफूसँग गोविन्दाले नेपालीमा एक पंक्ति बोलेको समेत उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘मुम्बईको ट्राफिकमा गोविन्दा सरलाई देखेँ । हामीले कारबाटै केही संवाद गर्‍यौं । र, उहाँले नेपालीमा एक पंक्ति पनि बोल्नुभयो ।’

उनले गोविन्दासँग भेट हुन पाएकोमा आफूलाई भाग्यमानी ठानेकी छन् । उनी अहिले अभिनय सिक्ने सिलसिलामा मुम्बईमा छिन् । उनले भारतीय अभिनेता अनुपम खेरको एक्टिङ स्कुलमा अभिनयको कोर्ष गरिरहेकी छन् । प्राप्त जानकारी अनुसार, उनले एक महिनाको ‘सर्टटम’ कोर्ष गर्न लागेकी हुन् । गत वर्ष उनले रंगकर्मी अनुप बरालबाट ३ महिनाको अभिनय प्रशिक्षण लिएकी थिइन् ।

 

niti shah and govinda


अभिनय कोर्ष गरिसकेपछि उनी अभिनेता अनमोल केसीको जोडी बनेर सुदर्शन थापाले निर्देशन गर्ने फिल्म ‘रावायण’मा काम गर्ने तयारीमा छिन् । यही फिल्म सम्झौता गर्न उनी केही दिनअघि मुम्बईबाट नेपाल आएकी थिइन् । उनले यसअघि ‘हुतुतु’, ‘एक्स ९’ र ‘कामिनो’ फिल्म साइन गरेकी थिइन् । तर, कुनै निर्माण हुन सकेनन् । ‘रावायण’बाट भने उनको अभिनेत्री बन्ने सपना पूरा हुँदैछ ।