मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गदर २’ ब्लकबस्टर, छाप्यो तीन सय करोड

एजेन्सी, मुम्बई, 2023/08/19

Gadar 2 box office collection Day 1: Sunny Deol-starrer storms theatres;  delivers Bollywood's second-biggest opening of 2023, breaks single screen  records | Bollywood News - The Indian Express

 

सन् २००१ मा प्रदर्शनमा आएको फिल्म ‘गदर’ले भारतमा मात्रै ७६ करोडमाथिको कलेक्सन गरेको थियो । त्यसबेलाको ब्लकबस्टर सावित भएको यो फिल्मको सिक्वेलले पनि यतिबेला भारतीय बक्स अफिसमा तुफान ल्याएको छ । ४० करोडको सानदार ओपनिङ गरेको फिल्मले प्रदर्शनको ८ दिनमै भारतमा ३ सय करोडको आँकडा नघाएको छ । योसँगै फिल्म ब्लकबस्टर सावित भएको छ ।

फिल्मले पहिलो दिन ४० करोड १० लाख, दोस्रो दिन ४२ करोड ८ लाख, तेस्रो दिन ५१ करोड ७० लाख, चौंथो दिन ३८ करोड ७० लाख, पाँचौं दिन ५५ करोड ४० लाख, छैठौं दिन ३२ करोड ३७ लाख, सातौं दिन २३ करोड २८ लाख र औठौं दिन २० करोड ५० लाखको कमाई गर्दै ३ सय करोड नघाएको छ । ट्रेन्ड एनालिस्ट तरण आदर्शले ‘गदर २’को क्रेज अतुलनीय रहेको बताएका छन् ।

सर्वाधिक कमाई गर्ने बलिउड फिल्मको सूचीमा ‘गदर २’ ८औं नम्बरमा उक्लिएको छ । फिल्मले रणवीर सिंह-दीपिका पादुकोणको ‘पद्मावत’ (३०२ करोड) र सलमान खानको ‘सुल्तान’ (३०० करोड) को लाइफटाइम कलेक्सनलाई उछिनिसकेको छ । फिल्मको रफ्तार हेर्दा चार सय करोडमाथिको आँकडा छुन सक्ने देखिन्छ । यो फिल्म ८० करोडको लागतमा निर्माण भएको जनाइएको छ ।

‘गदर २’सँगै एकसाथ प्रदर्शन भएको अक्षय कुमार र पंकज त्रिपाठी स्टारर फिल्म ‘ओएमजी २’ले पनि सुखद कमाई गरिरहेको छ । फिल्मले प्रदर्शनको ८ दिनमा ९० करोड कमाएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । फिल्मको ‘वर्ड अफ माउथ’ बलियो छ । तर, व्यापारमा ‘गदर २’ले ठूलो असर गरेको छ । फिल्मले अबको २/३ दिनमा सय करोडको आँकडा भने नघाउने देखिन्छ ।