मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

सारुक आत्महत्या प्रकरण : स्वस्तिमा भन्छिन्, ‘नम्रता श्रेष्ठले स्पष्टीकरण दिनैपर्छ’

फिल्मीखबर, काठमाडौं, 2023/08/20

अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणको गुत्थी अझै सुल्झिन सकेको छैन । प्रहरीले अनुसन्धान भैरहेको दाबी गरिरहेको भए पनि उपलब्धि शून्य छ । प्रायः सेलिब्रेटीहरुले सारुकलाई आत्महत्या गर्न बाध्य पारिएको हुनसक्ने आशंका गरेका छन् । यसैले सारुकको निधनपछि केही दिन गम्भीर अनुसन्धान गर्नुपर्ने चर्को माग उठ्यो । तर, अहिले सबै ‘तैं चुप, मैं चुप’को अवस्थामा छन् ।

सारुकको आत्महत्या प्रकरणमा अभिनेत्री नम्रता श्रेष्ठको नाम निकै जोडिएको छ । तन्त्रमन्त्रदेखि फिल्म ‘ह्यासट्याग माया’को सेटमा सारुकसँग झगडाको प्रशंगसम्म मिडियामा सार्वजनिक भैसकेका छन् ।  तर, यस विषयमा नम्रता मौन छिन् । कतिपयले सारुकको निधनपछि उनी विदेश गएको समेत टिप्पणी गरेका छन् । सारुकसँग उनी लामो समयदेखि प्रेममा रहेको समेत चर्चा भैरहेको छ ।

 

Swastima Khadka


यसबीच, अभिनेत्री स्वस्तिमा खड्काले सारुकको आत्महत्याबारे नम्रता श्रेष्ठले स्पष्टीकरण दिनुपर्ने धारणा राखेकी छन् । उनले एक टीभी अन्तर्वार्तामा भनेकी छन्, ‘नम्रता श्रेष्ठसँग जोडिएका कुरा सुन्दा ‘सक्ड’ भएकी थिएँ । जे मिडियामा आएको छ र जे सुनिएको छ, यदि उहाँ संलग्न हो भने स्पष्टीकरण दिनुपर्छ । कति कुराहरु मिडियामा नआएको पनि छ । यसैले उहाँले स्पष्टीकरण दिनैपर्छ ।’

नम्रताले मिडियामा आएर भन्दा पनि सारुकको आमा-बुबालाई वास्तविकता भन्नुपर्ने उनको भनाई छ । ‘मान्छे मरेर जानु भनेको त अन्तिमको कुरा हो । त्योभन्दा बाहेक अरु केही छैन,’ उनी भन्छिन्, ‘उहाँले स्पष्टीकरण चाहिँ दिनुपर्छ । मिडियामा आएर पर्दैन तर सारुकको आमा-बुबालाई भेटेर के भएको हो त्यो चाहिँ भन्नुपर्छ । कमसेकम सारुकको आमा-बुबालाई मन बुझाउने बाटो हुन्छ ।’

उनले सारुकसँग केही वर्ष अगाडि एक सर्ट फिल्ममा काम गरेको पनि स्मरण गरेकी छन् । उनी सारुक एकदमै राम्रो मान्छे रहेको बताउँछिन् । ‘सारुकसँग मैले एउटा सर्ट फिल्ममा काम गरेको थिएँ । त्यसलाई सिसन बानियाँले निर्देशन गर्नुभएको थियो । ऊ यति राम्रो मान्छे थियो कि ! हुन त मान्छे वितिसकेपछि सबैले राम्रै भन्ने हो । तर, सारुक एकदमै राम्रो मान्छे थियो,’ उनले भनेकी छन् ।