मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लाइटर’ नाममा फिल्म बन्दै

फिल्मीखबर, काठमाडौं, 2023/08/21

Laiter

 

‘लाइटर’ नाममा फिल्म निर्माण हुने भएको छ । राजु गिरी र सरोज खनालको संयुक्त निर्देशनमा बन्न लागेको यो फिल्मको सोमबार एउटा थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको छ । पोस्टरको ‘कलर टोन’ तथा फ्रन्टले फिल्म एक्सन-थ्रिलर जनरामा बन्न लागेको प्रष्ट्याउँछ । पोस्टरमा बलिरहेको लाइटरलाई समेत अक्षरको रुपमा प्रयोग गरिएको छ, जुन कलात्मक देखिएको छ ।

खनाल एसके प्रोडक्सनको प्रस्तुतिमा बन्न लागेको फिल्मको यतिबेला प्रि-प्रोडक्सनको काम भैरहेको छ । आगामी मंसिर महिनाको दोस्रो साताबाट छायांकन सुरु हुन लागेको फिल्मका लागि हाल कलाकार छनोटको काम भैरहेको निर्देशक गिरीले जानकारी दिए । उनका अनुसार, केही दिनमा कलाकार तथा प्राविधिकको लाइनअप बन्नेछ । यही फिल्मबाट सरोजले निर्देशनमा डेब्यू गर्नेछन् ।

देवेन्द्र खनाल निर्माता रहेको ‘लाइटर’मा मेघनाथ खनाल, बलराम बिष्ट, रचना केसी, सुमन गिरी, विजय विराज खत्री,तुलसा खनाल र रेमन्त वली सह-निर्माताको रुपमा छन् । निर्देशकको परिचय बनाउन लागेका सरोज खनालले एक दशकभन्दा लामो समयदेखि अष्ट्रेलियाको मेलवर्न शहरमा एसके फ्रेसको सञ्चालन गर्दै आएका छन् । उनी व्यवसायका साथै समाजसेवामा समेत सक्रिय छन् ।