मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलोन र केकीको ‘जय हो’ले अष्ट्रेलियामा पायो ८७ शो

फिल्मीखबर, काठमाडौं, 2023/08/22

jay ho

 

अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारी स्टारर फिल्म ‘जय हो’ यही शुक्रबारदेखि नेपालसँगै अष्ट्रेलियामा पनि एकसाथ प्रदर्शन हुँदैछ । नेपालका केही मल्टीप्लेक्सहरुले मंगलबारबाटै फिल्मको एडभान्स बुकिङ खुलाइसकेका छन् भने बाँकीमा बुधबार साँझसम्म शो बाँडफाँड हुनेछ । फिल्मको चर्चा र स्टारकास्टलाई मध्यनजर गर्दै मल्टीप्लेक्सहरुले सुखद शो बाँड्न सक्ने देखिन्छ ।

नेपालमा फिल्मले प्राप्त गर्ने शो यकिन नभैसकेको अवस्थामा अष्ट्रेलियामा भने ८७ शोसहित रिलिज हुने निश्चित भएको छ । नमस्ते इन्टरटेनमेन्ट (देव कार्की)ले अष्ट्रेलियाको न्यू साउथ वेल्स, क्वीन्सल्याण्ड, तास्मानिया, भिक्टोरिया, एडिलेड, पर्थ, डार्विन र क्यानबेर गरी ८ शहरका हलमा फिल्म प्रदर्शन गर्न लागेको हो । केही हप्ता अगाडि सलोन फिल्मको प्रचारका लागि अष्ट्रेलिया पुगेका थिए ।

टेक पौरखी राईको निर्देशनमा तयार भएको ‘जय हो’मा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ, कुमार थिङ, सुबि मगरको पनि अभिनय रहेको छ । सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा सुरज ल्वागन (सरकार) र राज के अधिकारी रहेका छन् । सौरभ लामाको छायांकन रहेको फिल्मको प्रस्तुतकर्तामा शोभित बस्नेत छन् ।